• उर्लाबारी । मोरङको उर्लाबारी–७ मा रहेको नमूना बालगृहको दुई तले भवनको शिलान्यास गरिएको छ ।
    लायन्स क्लब अफ ईन्टरनेशनलको ग्राण्ड परियोजना अन्तर्गत निर्माण हुने सो भवनको मंगलबार उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले शिलान्यास गरे । करिब १ करोड ४९ लाखको लागतमा बन्ने दुई तले भवनमा शौचालयसहित २४ वटा कोठा रहने भवन निर्माण समितिका सदस्य विष्णु गुरागाईले जानकारी दिए ।

    लायन्स क्लब अफ उर्लाबारी, लायन्स क्लब अफ आस्था, लायन्स क्लब अफ ईस्ट्रन मोरङ, लायन्स क्लब अफ ग्रिन भिलेज र बिराटनगरस्थित लायन्स क्लब अफ गुराँसको पहलमा ईन्टरनेशनल ग्राण्डबाट १ लाख अमेरिकी डलर र अन्य बाल गृह र लायन्स क्लबहरुको लागतमा सो भवन निर्माण हुने जनाइएको छ । भवन शिलान्यास कार्यक्रममा लायन्स लिडर खगेन्द्र सिटौला, लिलाकुमार ढुंगेललगायतले बोलेका थिए । भवन निर्माणको ठेक्का शान्ति निर्माण सेवा कम्पनीले पाएको र आगामी ६ महिनाभित्र निर्माण गरिसक्ने निर्माण ब्यवसायी खड्ग कार्कीले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…