• जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश २ को सिरहा र सप्तरीका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा पनि विवाद भएको छ । नेकपाका कार्यकर्ताहरूले एकअर्कालाई कुर्सीले हानाहान गरेका छन् ।

    शपथग्रहण कार्यक्रममा नेकपाका असन्तुष्ट नेता र कार्यकर्ताले कुर्सी तोडफोड गर्नुका साथै पार्टीका प्रदेश अध्यक्ष प्रभु साहमाथि हातपात गरेको बताइएको छ । शपथग्रहण समारोह शुरु हुनैलाग्दा बर्दिबासमा नेकपा नेता तथा पूर्वमन्त्री उमेश यादव लगायतका नेताहरूले कुर्सी तोडफोड गरेका छन् । साथै प्रदेश अध्यक्ष साहमाथि हातपातको प्रयास हुँदा अवस्था तनावग्रस्त बनेको थियो । विरोधमा प्रदेश कमिटी सदस्य देवनाथ यादवको टाउको फुटेको र उनको बर्दिवास अस्पतालमा उपचार भइरहेको एक केन्द्रीय सदस्यले जनाएका छन् ।

    कार्यक्रम स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। नेकपाको प्रदेश २ का आठै जिल्लाका पदाधिकारीको शपथग्रहण कार्यक्रम आजको लागि तय भएको थियो । तर पदाधिकारी चयनमा पार्टीले एकलौटी गरेको भन्दै असन्तुष्टि बढेपछि अन्तिम समयमा आएर ६ जिल्लाको शपथ ग्रहण स्थगित गरिएको थियो । सिरहा र सप्तरीका पदाधिकारीको शपथग्रहणका लागि बर्दिबासमा आयोजित कार्यक्रममा समेत विवाद सृजना भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…