•  

    बेलबारी । धिमाल आदिवासीको नाममा जागीर खाने गैह्र धिमाललाई कार्वाही गर्न धिमाल जातीय विकास केन्द्रले माग गरेको छ ।
    मंगलबार धिमाल जातीय विकास केन्द्रका महासचिव केदार धिमालद्वारा जारी विज्ञप्तीमा सो माग गरिएको हो । खोटाङ जिल्ला साकेला गाउँपालिकाका विष्णुप्रसाद धिमाल भनिने क्षेत्री समुदायका मानिसलाई आदिबासी धिमालको कोटामा लोक सेवा आयोग, बागलुङले वन सेवा अन्तर्गत द्वितीय श्रेणी सिनियर गेम स्काउटमा नियुक्ती गरेको विषयमा केन्द्रको ध्यान आकृष्ट भएको बताएको छ । धिमाल आदिबासीको नाममा यस्तो फाइदा लुट्ने जोकोहीलाई सत्य तथ्य छानबिन गरी कानुनी कार्बाही गर्न विज्ञप्ती मार्फत माग गरिएको छ ।

    धिमालहरु मुलतः झापा, मोरङ, सुनसरी, इलाम र काठमाडौं जिल्ला बाहेक अन्य जिल्लामा नगन्य रुपमा रहेको र खोटाङ जिल्लामा धिमालहरुको बसोबास नभएको समेत बताएको छ । बसोबास नभएको जिल्लाबाट पनि नक्कली कागजात मिलाएर या कर्मचारीसँगको मिलेमतोमा धिमालहरुको भाग खोस्ने काम गर्ने जोकोहीलाई कानुनी कठघरामा उभ्याउनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङले मिति २०७५ साल भदौ १९ गते विज्ञापन नं. १३९१९÷२०७४—२०७५ मा प्रकाशन गरेर खोटाङ जिल्ला साकेला गाउँपालिकाका विष्णुप्रसाद धिमाल भनिने क्षेत्री समुदायका मानिसलाई आदिबासी धिमालको कोटामा लोक सेवा आयोग, बागलुङले वन सेवा अन्तर्गत द्वितीय श्रेणी सिनियर गेम स्काउटमा नियुक्ती गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…