• भाद्र २४, काठमाडौं । विश्वकप फुटवल छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेविरुद्ध जित हासिल गरेकोे छ । आज भएको विश्वकप छनौटको दोस्रो खेलमा नेपालले जीत हासिल गरेको हो । आजको खेलमा नेपालले चाइनिज ताइपेलाई २–० ले पराजित गर्यो ।

    आजको खेल जितेर समुह चरणमा नेपाल तेस्रो स्थानमा पुगेको छ । यस अघि छनौट खेलको पहिलो खेलमा कुवेतसँग ७–० लज्जास्पद हार बेहोरेको नेपाली टोलीले आज सुधारिएको खेल प्रदर्शन गर्यो ।

    आजको खेलमा अन्जन विष्टको गोलमा नेपालले अग्रता लिएको थियो । पहिलो रोजाईमा मौका पाएका अन्जनले तेस्रो मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि दोस्रो गोल ६२ औं मिनेटमा पुनः अन्जन विष्टले नै गरे ।

    प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको पहिलो खेलमा सुरुवाती ११ मा परेका खेलाडी मध्येबाट तीन खेलाडी परिवर्तन गरेका थिए । त्यसमध्ये अन्जन एक हुन् । अन्जनले आफुलाई दिएको मौकामा खरो उत्रने प्रयास गरेका छन् । भदौ १९ गते कुवेतसँगको खेलमा चोट लागेका अजित भण्डारीको ठाँउ आजको खेलमा दिनेश राजवंशीले लिए ।

    त्यस्तै अर्का डिफेन्डर सुमन अर्यालको ठाँउमा कालिनले रजिन धिमाललाई मौका थिए । त्यस्तै विक्रम लामाको ठाँउमा मिडफिल्डमा अन्जनले मौका पाए । नेपाल, चाइनिज ताइपे रहेको विश्वकप छनोटको समूहमा जोर्डन, अस्ट्रेलिया र कुवेत छन् ।

    समूह बीमा रहेको नेपालले पहिलो चरणको बाँकी २ खेल एक महिनापछि खेल्नेछ । नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…