उर्लाबारी । मोरङको उर्लाबारीस्थित पूर्व स्टेण्डमा बेवारिसे अबस्थामा फेला पारेको लकेज सम्बन्धित ब्यक्तिलाई बुझाइएको छ ।
ट्राफिक प्रहरी पोष्ट उर्लाबारीमा राखिएको लकेजका धनि ताप्लेजुङ मेवाखा निवासी देउकुमार राई फोन सम्पर्क आएको र उक्त सामान देउकुमारका दिदी भिनाजु पथरीशनिश्चरे–२ बुद्धचौक निवासी वीरेन्द्र लिम्बू र शान्ता लिम्बूलाई ट्राफिक प्रहरी पोष्टका इञ्चार्ज उत्तम भण्डारीलगायत प्रहरीहरुले जिम्मा लगाएका हुन् ।