•  

    विराटनगर / कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकार मुलुकलाई कम्युनिष्ट ‘स्टेट’ बनाउने ध्याउन्नमा लागेको आरोप लगाएका छन् ।

    कम्युनिष्ट ‘स्टेट’ बनाउन सरकार लागि परेको भन्दै उनले त्यसमा कांग्रेसको आपत्ति रहेको जनाए । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार मुलुकमा कम्युनिष्ट सासन लाद्ने प्रयत्नमा रहेको जिकिर गरे । ‘अहिलेको सरकार आएदेखि मुलुकमा सबै कुरा लथालिंग हुँदै गइरहेका छन्,’ उनले भने, ‘प्रजातन्त्रको मूल्यमान्यतामाथि हस्तक्षेप भइरहेको छ ।’

    सरकारले गर्ने गलत काम कांग्रेसलाई मान्य नहुने देउवाको भनाइ छ । विधिको सासन नहुँदा वर्तमान सरकार भ्रष्ट्राचारलाई बढाउने गतिविधीमा लागेको, सञ्चार क्षेत्रमाथि हस्तक्षेप गरेको तथा मानवाधिकार जस्ता संवेदनशील विषयमा गम्भीर नभएको आरोप उनले लगाए । सञ्चार क्षेत्रमाथिको हस्तक्षेपसँगै लोकतन्त्र खतरामा रहेको बताउँदै सभापति देउवाले भने, ‘प्रेसलाई अंकुश लगाएर संकुचन गर्ने प्रवृत्ति र त्यस्ता कानुनको कांग्रेसले सधैं विरोध गरिरहन्छ ।’ प्रेसमाथि अंकुश लगाउँदा लोकतन्त्रमाथि खतरा रहेको कुरा सबैले बुझ्न जरुरी रहेको उनले बताए ।

    पार्टीभित्र अझै पनि गुटउपगुट रहेको भन्ने प्रश्नमा देउवाले प्रजातान्त्रिक पार्टी भित्र गुटउपगुट भन्दा पनि एकता भएको दाबी गरे । ‘पार्टीमा कुनै बैमनश्यता छैन,’ उनले भने, ‘हामी नेता सबै एक भएर मिलेका छौं ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…