इटहरी । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार अधिनायकबादीमा अगाडी बढेको बताए । न्यायलय देखि प्रहरी प्रशासन क्षेत्रमा समेत अधिनायकबादी शैलीमा अगाडी बढेको भन्दै ओली सरकार विरुद्ध खनिएका हुन ।
सुनसरीको इनरुवामा दोस्रो राष्ट्रिय जनजागरण अभियानलाई सम्बोधन गदै पार्टी सभापति शेरबहादुर कम्युनिष्ट सरकारले जथाभावी आतंक मच्चाए सडक आन्दोलन गर्न सम्म बाध्य हुने बताएका हुन । आफ्नो नेतृत्वको सरकारको पालामा नै आएको ऐनलाई लत्याएर सरकारले अधिनायकबाद शैली हाबी गरेको भन्दै आपत्ती जनाएका हुन ।
देशका सबै निकायका कम्युनिष्ट सरकारको मनपरी चलेको भन्दै देउवाले कार्यकर्ताहरुलाई सचेत बन्न पनि निर्देशन दिए । जनजागरण अभियानले पार्टीलाई बलियो बनाउँदै लौजाने सभापति देउवाको भनाई थियो । अहिले नेपाली काग्रेस गाउँमा कार्यकर्ताको जनभावना बुझ्न लागेको भन्दै त्यस तर्फ लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
सरकारको नकरात्मक कामको विरोध गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले धरानमा आगमी मंसिरमा हुने उपनिर्वाचन पार्टीको लागि जिवन मरणको सवाल भएको समेत बताए । कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारले नेपाली कांग्रेस संगठित हुन आवश्यक रहेकोमा जोड दिए ।
कांग्रेसका नेता कार्यकर्ता लोकतन्त्र तथा स्वतन्त्रताको लागि लड्दै आएको बताएका थिए । उनले वीपी कोईरालाले राजनिति गरेको थलो सुनसरी काग्रेसले कब्जा गदै जाने बताए । ६० बर्ष देखि धरानमा कम्युनिष्टले शासन गरे पनि विकास भने काग्रेसको पालमा मात्र भएको भन्दै धराने जनतालाई काग्रेसमा भोट हाल्न आग्रह समेत गरे ।
नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वर्तमान कम्युनिष्ट सरकारको राष्ट्रवाद लम्पसारबादमा विसर्जन भएको आरोप लगाएका छन् । नेता महतले सरकारले राष्ट्रियता जस्तो पवित्र महान् कुरालाई सत्तामा जाने भर्याङ बनाउँदै मनपरी गरीरहेको आरोप लगाए ।
सरकारले सुशासन, रोजगारी, समृद्धिलगायतका कुरामा खोस्रा कुरा गरेको आरोप लगाएका छन् । कांग्रेस पार्टीले अब संसद र सडक दुवै ठाउँमा आफ्नो गतिशिलतालाई तिव्रता दिने उनको भनाई थियो । पार्टीका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले अब कार्यकर्तामाझ मात्र नरहेर कांग्रेस जनतामाझ पनि जानुपर्ने बताए ।
उनले जनमतकै आधारमा कांग्रेसले सरकारलाई सही दिशातर्फ लैजान सक्ने बताए । धरानमा हुन लागेको चुनावमा गुटउपगुट नभनी चुनावमा होमिन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । धरानको चुनावमा सम्पूर्ण शक्ति केन्दित गर्न उनको अनुरोध थियो ।
त्यस्तै पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काग्रेसले गरेको काम कम्युनिष्ट सरकारले भजाईरहेको आरोप लगाए । देशभर काग्रेसको जागरण अभियानले कार्यकर्ताहरुमा उत्साह थपिएको बताएका थिए । त्यस्तै काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री मिन विश्वकर्माले अहिलेको सरकारले जनता आजित भएको भन्दै जनता विकल्पको खाजिमा रहेको बताए ।
अहिलेको सरकारले गरेको काम सबै निराशाजनक भएको विश्वकर्माको आरोप थियो ।
उद्योगी विनोद चौधरीले अहिलेको सरकारले ब्यवसाय गर्नहरुलाई निरुत्साहित गरेको आरोप लगाए । अरबौ लगानी गर्न ब्यवसायीहरुलाई राज्यले नाजायज कानुन लगाएर फसाउँने नियत राखेको समेत आरोप लगाएका थिए ।
काग्रेस नेता तथा पूर्वमन्त्री सिताराम मेहेताले पार्टीमा सुनसरी बलियो र गुटउपगुट रहित भएको बताएका थिए । त्यस्तै नेपाली काग्रेसका सुनसरी सभापति राजिब कोईरालाले सुनसरीमा काग्रेसलाई सक्रिय बनाउँदै लौजाने बताए । गुटउपगुटमा पार्टी नलागेकै कारण सुनसरीमा काग्रेस बलियो भएको उनको भनाई थियो ।
काग्रेसका संस्थापक नेता वीपी कोईरालाको १०६ औ जन्मजयन्तीको अवसरमा सुरु गरेको जनजागरण अभियानकै क्रममा नेपाली काग्रेसको हाताभित्र निर्माण गरिएको गिरीजाप्रसाद कोईराला स्मृति भवनको उद्घाटन समेत भएको छ । कार्यक्रममा पार्टी कार्यलयलाई सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।
इनरुवामा हजारौको संख्यामा जनसागर समेत उर्लिएका थिए । । कार्यकर्ताहरुको उल्लेखनीय उपस्थित रहेको कार्यक्रममा अधिकांश नेताहरुले पार्टी भित्रको गुटउपगुट तोड्ने प्रतिबद्धता समेत जनाएका थिए ।