• दमौली, भदौ २५ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताउनुभएको छ । राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताउनुभयो ।

    “बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर काङ्ग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,” वरिष्ठ नेता पौडेलले भन्नुभयो, “बिपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ ।” उहाँले बिपी जनताको शासनका पक्षमा रहे पनि कम्युनिष्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाउनुभयो ।

    बिपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो । निमुखालाई न्याय र विपन्नलाई आय काङ्ग्रेसको मूल सिद्धान्त रहेको बताउँदै उहाँले गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा उहाँले बिपी कोइरालाले विसं २०३६ असोज ६ गते व्यास नगरपालिका–३ बिपी वनवाटिकामा उपस्थित भएर राखेको भनाइ अङ्कित बोर्डको अनावरण गर्नुभएको थियो ।

    तनहुँ आएर पहिलोपटक राखेको उद्गारलाई चीरस्थायी बनाउन होर्डिङ बोर्ड राखिएको काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिनुभयो । राष्ट्रिय जागरण अभियानका क्रममा जिल्लाका विभिन्न ठाउँमा सभा, सम्मेलन आयोजना गरिएको पार्टीले जनाएको छ । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…