•  

    पथरी । डाँस मोरङ्गी बनको मनोमनी बिषयमा समाचार लेखेको बिषयलाई लिएर पथरीका पत्रकार प्रेम केडी भट्टराईमाथि आक्रमण भएको छ । कार्यालयबाट काम सकेर घर फर्कर्ने बेलामा साँझ हातले इसारा दिंदै बोलाएर पत्रकार केडीमाथि बनका अध्यक्ष जिवन कटुवालले अन्धाधुन्ध कुटपिट गरेका हुन् ।

    बनको विषयमा पत्रकार केडीले क्रेजी डटकम अनलाईनमा समाचार प्रकाशन गरेका थिए ।
    यस्तो थियो समाचार

    मोरङगको पथरीशनिश्चरे १० मा रहेको श्री डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष र पदाधीकारीको मनोमानी हुने गरेको पाइएको छ । हिँजो भएको वार्षिक साधारणसभा एस ई ई मा उत्कृष्ट नतिजा ल्याउने उपभोक्तका सन्तानहरुलाई नगद सहित सम्मान गरिएको थियो । तर वोलिमा उत्कृष्ट नतिजा ल्याउनेलाई भनेर बोलीए पनि यथार्थमा त्यस्तो भएको थिएन ।

    उपभोक्ता अर्जुन ढुङगानाकी छोरिले बि प्लस सहितको नतिजा ल्याएकी थिइन तर समितिले डि ग्रेड ल्याउने निशा पौडेललाई पुरस्कृत गरेको थियो । त्यस्तै समितिको साधारणसभामा प्रश्न राख्ने क्रममा गत चुनावमा उपाध्यक्ष पदमा उम्मेद्वार समेत रहेका दिपेन्द्र दाहाललाई जवाफ दिनुको सट्टा उल्टै हप्काइएको छ । उनले राखेको प्रश्नको जवाफ दिनुको सट्टा अध्यक्ष जिवन कट्वालले थर्काउने काम गरेको भन्दै उपभोक्ता आक्रोसित वनेका छन् । समितिका पदाधिकारीहरुकै लापरवाहि र मनोमानीका कारण बर्षाैँदेखि वन बनब ऋण मुक्त नभएको भन्दै उपभोक्ताहरु आक्रोसित हुँदै आएका छन् । समितिलाई केहि वर्षअघि मुद्धा लागेको थियो । सो मुद्धा मिलाउनका लागि भन्दै उपभोक्तासँग उठाएको लाखौँ रकम अहिले पनि हिसावविहिन बनेको छ ।

     

    http://www.crazysaptahik.com/09/2019/4331/

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…