• मोरङ । कन्चनपुरको निर्मला हत्या काण्ड जस्तै अर्को एक दर्दनाक घटना सार्वजनिक भएको छ । बस भित्र जवरजस्ती करणी उद्योग गरेको आरोपमा २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

    मोरङ रंगेली नगरपालिका वडा नम्वर ३ घर भई ना ६ ख ९३४४ नं.को वस चालक वर्ष ३७ को किरण खड्का र सोही वसका सहचालक उर्लावारी नगरपालिका वडा नम्वर ४ घर भएका वर्ष १९ को सन्तोष न्यौपाने पक्राउ परेका हुन् ।

    उनीहरुले धनकुटा घर भई हाल आफन्तको घरमा बस्दै आएकी बर्ष १५ की नाबालिकालाई बस भित्रै गत २२ गते रातको समयमा जवरजस्ती करणीको आरोप छ ।

    मोरङ जिल्लाको वेतना सिमसार घुमफिर गरी वसमा चढेर दमक पुगे पछी वसबाट झर्न खोज्दा झर्न नदिई ललाई फकाई सोही वसमा पथरीशनिश्चरे हुँदै दोहमना हाटचौकमा ल्याई साझ वस भित्रै बालिकालाई जवरजस्ती करणी गरेको आरोप छ ।

    बालिका चिच्याउदै वसबाट बाहिर निस्कदै गर्दा यो घटना सार्वजनिक भएको प्रहरीले जनाइको छ ।

    खड्का र न्यौपानेलाई रंगेली मोरङमा ल्याई घटना वारे छानबिन भइरहेको छ , पिडित पक्षबाट उजुरी लिई ईप्रका रंगेलीद्वारा मुलुकी अपराध संहिता २०७६ वमोजिम म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

    अर्को पनि उस्तै डरलाग्दो घटना, फरार पक्राउ

    झापा गौरादह दामुना बजार बस्ने ४५ को पुण्य चुँडाल पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार उनी ठेगाना नखुलेकी एक महिलासँग १ महिना अगाडिदेखि बस्दै आएको र उनको मृत्यू भएपछि पक्राउ परेका हुन् ।

    स्थानियहरुको सहयोगका आधारमा ती महिलाको मृत्यूमा संलग्न रही फरार भएका चुँडाललाई खोजतलासको क्रममा जिल्ला मोरङ रतुवामाई सोमवारेमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

    प्रारम्भिक अनुसन्धानमा

    सृजना भनेर बोलाउने गरेको र मादक पदार्थ सेवन गरेको अवस्थामा मैले कुटपिट गरेको हो । त्यसपछि उनको मृत्यू जस्तो लागेर गोठ घरमा लगी छाडेर भागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    उनलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

    यस्तो छ घटनाको विवरण

    गत २१ गते विहान मोरङ रतुवामाई ६ कपरसुख्खा टोल स्थित बस्ने हरि बहादुर खड्काको गोठ घरमा एक महिला अचेत अवस्थामा फेला परेकीछन् ।

    मंगोलियन अनुहारकी ३०,३५ वर्षको जस्तो देखिने नाम, थर नखुलेकी महिला अचेत अवस्थामा भेटिएकी हुन् । उपचारको क्रममा उनको मृत्यू भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…