छायाचन्द्र भण्डारी, काठमाडौँ, २६ भदौ । आँट, साहस र हिम्मतका अगाडि निम्छराहरु पन्छिदै जानेछन् । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई निम्छराहरुले डाहा गरेर गिज्जाएको अनुभव पनि भएको होला ?
नेपाली सेनाको कमान्ड पूर्णचन्द्र थापाले सम्हालेपछि एकाएक चर्चा चुलियो । उनको कार्य क्षमतालाई लिएर सलाम गर्नेहरु दिनप्रतिदिन बढेका छन् । उनले नेपाली सेना भित्र क्रान्तिकारी स्वभाव देखाएका छन् ।
प्रवृतिमा रमाएका छैनन् । सो कुरा उनको विगतले पुष्टी गर्ने क्रम बढेको छ । गर्न पनि नेतृत्व लिना साथ सबै गण, गुल्म बाहिनी, पृतनामा सेना प्रमुखको फोटो झुण्डाउने परम्परा तोडे ।
मदिरा र पुरस्कार पनि बन्देज गरे । त्यसैगरि, सैनिक/गैरसैनिक सबै ठाउँका भोजहरूमा मदिरा निषेध गरेर जंगी अयाको कार्य अघि बढाए ।
पहिले पहिले सेनाका बिलमा सिधै मदिरा उल्लेख गर्न सकिने हुँदा ‘बिल मिलाउने’ गरिन्थ्यिो । प्रधानसेनापति थापाले त्यो परम्परा तोडे ।
साहाकारी भोज आयोजना पनि भयो । उनको हाईहाई भयो । पछिल्लो पटक प्रधान सेनापति पुर्णचन्द्र थापाले सेनाका तल्लो दर्जामा कार्यरत सिपाही लगायतका पक्षमा एक निर्णय गरे । हाई हाई भए । प्रंशसा पाए ।
प्राप्त पत्रमा उल्लेख भए अनुसार सेनाका तल्लो दर्जालाई मध्येनजर गर्दै रक्षा मन्त्रालयलाई सम्बोधन गर्दै निवृतिभरण अवधि पुनरावलोकन गर्ने सम्बन्धको आशय पत्र स्वयं सेनापति थापाले हस्ताक्षर गरि अगाडि बढाए ।
पछिल्लो पटक उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे । यो खबर छाए लगत्तै नजिकका केहि नातेदारदेखि आफन्त र साथी भाई समेत बिच्किए । काठमाडौँमा एक कार्यक्रम गरि थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हिराको हार रहेको छ ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा २३ लाख नगद, ग्लोबल आइएमइ बैंकको खातामा ४२ हजार र उनको श्रीमतीको नाममा ५० हजार नगद रहेको उल्लेख छ ।
श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसका साथै उनको काठमाडौं, नवलपरासी, लमजुङमा जग्गा समेत रहेको छ ।
उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) को प्रयोजनका लागि भन्दै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
सेना राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएता पनि आफूले पारदर्शीताको लागि सम्पत्ति विवरण सार्वजनिक गरेको उनले बताए । सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता हुन्छ भन्ने आरोप लागेकोले अब त्यस बारेमा पनि छानबिन हुने उनले बताए । अभियान टाइम्सका साथमा ।