• रातोकलम अनलाइन।
    क्वालालम्पुर,भदौ-२६

    गैर आवासीय नेपाली संघ मलेसियाको क्षेत्रीय साखा जोहोरबारु समिति ले सम्पर्क कार्यालयको उद्घघाटन गर्ने भएको छ।मलेसियाको जोहोरबारु क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुका समस्या लाई मध्यनजर गर्दै श्रमिक मैत्री साखाको रुपमा स्थापना गर्न लागिएको हो।

    श्रमिक माझ भइपर्ने विभिन्न समस्याहरु लाई पहिचान गरि सहजीकरण गर्न सजिलो हुने भएकोले सम्पर्क कार्यालय राख्ने निर्णय बमोजिम उक्त कार्यमा लागिएको क्षेत्रीय समिति जोहोरका सचीव अर्जुन सिंह अनुराघिले बताए

    संघका जोहोरबारु क्षेत्रीय समितिका अध्यक्ष मिम गुरुङको अध्यक्षतामा सम्पन्न हुने भएको छ।सो कार्यक्रम कार्यालय उद्गघाटन तथा हालै सम्पन्न छैटौं अधिवेशन बाट निर्वाचित टिम लाई शुभकामना तथा सम्मान गरिने कार्यक्रम पनि तय भएको छ ।

    सम्पर्क कार्यालय स्थापनाको उद्घाघाटन कार्यक्रम आउदो सेप्टेम्बर २२ तारिक आइतबार हुँदै छ।गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोरका पदाधिकारीहरुले सङ्युक्त रुपमा गत साता मात्रै लार्केन जोहोर स्थित लिजमा लिएको सम्पर्क कार्यालय लाई सर्सफाइ गर्दै सिङारिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…