• काठमाडौं : स्वतन्त्र मधेसको राजनीति परित्याग गरेर मुलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत संगठन निर्माण गर्न पहाड चढेका छन्। गएको फागुनमा सरकारसँग सम्झौता गरेर विखण्डकारी राजनीति परित्याग गरेका राउतले मुलधारको पार्टी बनाउने घोषणा गरेका थिए। त्यसपछि उनले जनमत पार्टीको घोषणा गर्दै निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन्।

    आयोगमा दल दर्तासँगै पार्टीको संगठनमा जोड दिँदै आएका राउतले तराई मधेसका २२ जिल्लासँगै सात प्रदेशमध्ये ६ प्रदेशमा समिति बनाइसकेका छन्। १, २ र ५ बाहेकको संगठन विस्तार पहाड केन्दित छ। प्रदेश नम्बर ३, ४ र ६ मासमेत जनमत पार्टीले संगठन विस्तार गरिरहेको छ।

    नमत पार्टी पदाधिकारी दीपक शाहले भने, ‘प्रदेश नम्बर ७ मा मात्रै पार्टीको प्रादेशिक संगठन बनाउन बाँकी छ।’ पार्टी संचालनको प्रमुख कुरा संगठन भएको भन्दै शाहले जनमत पार्टी सबै प्रदेशका सबै जिल्लामा संगठन बनाउन लागि परेको बताए।

    विगतमा स्वतन्त्र मधेस गठबन्धको ब्यानरमा ‘छुटै मधेस राष्ट्र’को नारा लगाउँदै आएका राउतले तात्कालीन मधेसी पार्टीलाई पहाडसँग जोडेर पटक–पटक आलोचना गरेका थिए। राउतले गएको फागुन सम्झौतापछि पनि मधेसी केन्द्रित भनेर चिनिएका राजपा नेपाल र समाजवादी पार्टीको चर्को आलोचना गरेका थिए।

    राउतको पार्टी उपनिर्वाचनमा सहभागी हुने चर्चा चलिरहेको भए पनि शाहले भने अहिले संगठन विस्तारको काम मात्र भइरहेको बताए।

    ‘हामीले अहिले उपनिर्वाचन भन्दा पनि संगठनलाई नै प्राथमिकता दिएका छौँ’, शाहले भने। राउत अमेरिकामा हुँदा गठन गरेको गैरआवासीय मधेसी संघको अहिले ४४ देशमा संगठन रहेको छ। ति सबै संगठनले जनमत पार्टीको जनसम्पर्क समितिको रुपमा काम गर्नेछन्।

    राउतले विखण्डवादी नारा लगाउदा यी विदेशमा रहेका मधेसी संगठनले सहयोग गरेको आरोप थियो। राउतको निकटसमेत रहेका शाहले राउतले हालै गरेको अन्य देशको भ्रमण पनि तीनै संगठनको विस्तारमा केन्द्रित भएको बताए।

    राउत विभिन्न देशको भ्रमण सकेर भर्खरै स्वेदश फर्किएका हुन्। आइतबार काठमाडौं फर्किएका राउतले सोमबार पार्टी निकट युवालाई सम्बोधन गरेका थिए। अहिले संगठन निर्माण र प्रशिक्षण कार्यक्रमा व्यस्त रहेको राउत नेतृत्वको पार्टीले काठमाडौंको डिल्लीबजार–ज्ञानेश्वर क्षेत्रमा पार्टी कार्यलयसमेत बनाएको छ।

    काठमाडौंको पार्टी कार्यालय संचालनमा आउन अझै एक हप्ता लाग्न सक्ने जनमत पार्टीका अर्का पदाधिकारी तथा सहजकर्ता चन्दन सिंहले बताए। काठमाडौंमा कार्यालय स्थापन भइसकेपछि राउत आमसभा गर्ने योजनामा छन्। मंसिरमा काठमाडौंमा आमसभा गर्ने तयारी भइरहेको राउत निकट नेताहरुको भनाइ छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…