•  

    बाँके । नेकपाका कार्यकर्ताको आक्रमणमा परि नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला घाइते भएकी छन्। नेपाली काँग्रेसले खजुरामा आयोजना गरेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानअन्तर्गत बिहीबार खजुरामा आयोजना गरेको सभामा नेकपाका कार्यकर्ताको आक्रमणमा परी कोइरालाको हात भाँचिएको नेपाली कांग्रेसले जनाएको छ।

    खजुरास्थित नेपाल रेड्क्रस सोसाइटीको सभा हलमा आयोजित सभामा नेकपाबाट विजयी खजुरा गाउँपालिका १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा नेकपाका कार्यकर्ताले आक्रमण गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    कांग्रेसले वडा अध्यक्ष मल्लको निर्देशनमा स्थानीय नेताहरू मुमबहादुर ओली, सुनिल, पारस मल्ल, निमबहादुर ओली, निर्मल खत्री र लोके भन्ने नाम नखुलेको ब्यक्तिले आक्रमण गरेको आरोप लगाएको छ। नेपाली कांग्रेसका जागरण अभियानलाई विथोल्ने गरी गरिएको आक्रमण प्रति नेपाली कांग्रेसले खेद ब्यक्त गर्दै आक्रमणमा सहभागीलाई कारवाहीको माग गरेको छ।

    आक्रमण गर्नेलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गर्दै काँग्रेसले नेता तथा कार्यकर्ताको जीउ, धनको रक्षाको माग समेत गरेको छ। ‘सरकारको आडमा भएको आक्रमणको घोर भत्सर्ना गर्दै आक्रमणमा सहभागीलाई हदैसम्मको कारवाहीको माग गर्दछौँ,’ सभापति कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…