• काठमाडौं, २७ भदौ । केपी शर्मा ओली नेतृत्वको दुई तिहाई जनमतको सरकारसँग तीब्र गतिको विकास अपेक्षित थियो । तर, त्यो अपेक्षमा सरकार निर्माण भएको दुई बर्ष नपुग्दै निराशा छाएको छ ।

    मन्त्रीहरु नतिजाभन्दा बढी नौटंकीमा रमाउन थालेपछि प्रधानमन्त्री ओली मन्त्रीपरिषद पुर्नगठन गर्न गृहकार्य गरिरहेको निकटस्थ स्रोतहरु बताउँछन् ।

    अहिलेका मन्त्रीहरु कर्मचारीले काम गर्न नदिएको बताउदै उम्किरहेका छन् । कम्युनिष्ट पार्टीमा पार्टीले सरकार चलाउने विश्वमा परम्परा देखिए पनि नेपालमा भने सरकारले पार्टी चलाइरहेका छ ।

    त्यसको गलत फाइदा उठाएर गलत मन्त्रीहरु मलामाल भइरहेका छन् । आफू मात्रै मालामाल बन्ने मन्त्रीहरुलाई हटाएर नयाँ जोसिला मन्त्री ल्याउने तयारी प्रधानमन्त्री ओलीले गरिरहेका छन् ।

    नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष प्रचण्ड मन्त्रीहरुको सेट नै परिवर्तन गर्ने सल्लाहमा लागिरहेको बताइन्छ ।

    यसको संकेत प्रधानमन्त्री ओलीले सिंगापुर जानु अघि संसदमा बोल्दा दिएका थिए । वरिष्ठ नेता झलनाथ खनालले पनि मन्त्रीहरु फेरिन सक्ने संकेत दिएका थिए ।

    स्रोतका अनुसार भर्खरै मन्त्री भएका योगेश भट्टराईबाहेकका अन्य सबै मन्त्रीहरु फेर्ने तयारी भइरहेको स्रोत बताउँछ ।

    पूरै सेट परिवर्तन गर्दा मन्त्रीहरुबीच विभेद गरेको जस्तो पनि नदेखिने र एकैपटक कारबाही गरेजस्तो सन्देश पनि प्रवाहित हुने भएकोले एकै पटक फेर्ने सल्लाह भइरहेको बालुवाटार स्रोतले बतायो ।

    प्रधानमन्त्री ओलीले सरकारको र प्रचण्डले पार्टी संचालनको भूमिकामा बढी केन्द्रीत हुने सहमति कार्यान्वयनमा आउने वित्तिकै मन्त्रीहरु फेरिने स्रोतले बतायो ।

    मन्त्रीहरुलाई पनि मन्त्रीपरिषदको सेट नै परिवर्तन गर्ने गरी अनौपचारिक सन्देश प्रधानमन्त्रीबाट प्रवाह भइसकेको बताइन्छ ।

    मन्त्री फेरिने गाइँगुई चलेपछि उर्जामन्त्री वर्षमान पुन उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर नै पुगेका थिए । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…