• दीपक बास्तोला

    उर्लाबारी । सामुदायिक विकास मञ्च उर्लाबारीले उर्लाबारी रन २०७६ प्रतियोगिताको आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी असोज ४ गते सो प्रतियोगिता गरिने भएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मुख्य नाराका साथ आयोजना गरिने सो प्रतियोगितामा ७ सय भन्दा बढीको सहभागिता रहने आयोजक समितिका संयोजक प्रभू राईले बताए । बालकालिका, महिला, पुरुष र भेट्रान गरी दौड प्रतियोगिता सञ्चालन गरिने उनले जानकारी दिए । राष्ट्रियस्तरमा उर्लाबारीको पहिचान गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्दै आएको सामुदायिक विकास मञ्चका अध्यक्ष ढुण्डुराज भट्टराईले बताए ।

    बालक बालिकातर्फ प्रथम हुनेलाई ३ हजार, दोस्रो हुनेलाई २ हजार, तेस्रो हुनेलाई १ हजार र चौँथो हुनेलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । खुल्ला पुरुषतर्फ प्रथम हुनेलाई नगद ११ हजार, दोस्रो हुनेलाई ९ हजार, तेस्रो हुनेलाई ७ हजार र चौँथो हुनेलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक राईले जानकारी दिए । महिलातर्फ प्रथम हुनेलाई नगद १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र चौँथो हुनेलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए । त्यसैगरी भेट्रानतर्फ प्रथम हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार, तेस्रो हुनेलाई २ हजार र चौथो हुनेलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।

    त्यस्तै, उर्लाबारी नगर स्तरीय खुल्ला दौड पुरुषतर्फ पुरुष प्रथम हुनेलाई ४ हजार, दोस्रो हुनेलाई ३ हजार, तेस्रो हुनेलाई २ हजार र चौँथो हुनेलाई ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने उनको भनाई छ । त्यस्तै, नगर स्तरीय महिलातर्फ प्रथम हुनेलाई नगद ३ हजार, दोस्रो हुनेलाई २ हजार, तेस्रो हुनेलाई १ हजार र चौँथो हुनेलाई ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने सचिब प्रेम बोहोराले जानकारी दिए । पुरकस्कृत सबैलाई ५ लाख बराबरको निशुल्क जिवन बिमा समेत गराईने भएको छ । प्रतियोगितामा करिब ५ लाख २४ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…