• एजेन्सी । एक अमेरिकन दम्पतीको बैंक खातामा झुक्किएर १ लाख भन्दा बढी डलर जम्मा भयो । उनीहरुले ठूलौ रकम आएको देखेर विलासी सामान किन्नमा खर्च गरेपछि आपतमा परेका छन् ।

    बिबिसीले जनाएअनुसार अमेरिकी नागरिक रोबर्ट र टिफनी विलीअम्जको खातामा गत मे ३१ मा बीबी एन्ड टी बैंकबाट झुक्किएर १ लाख २० हजार डलर जम्मा भएको थियो । सित्तैमा त्यति ठूलो रकम आएको देखेपछि विलीअम्ज दम्पतीले महँगो गाडी र अन्य विलासी सामग्री किनेर सो रकम खर्चिए । तर पछि बैंकले सम्पर्क गर्न खोज्दा भने उनीहरु सम्पर्कमा आएनन् ।

    खातामा आएको रकम आफ्नो नभएको थाहा भएको जान्दाजान्दै पनि खर्च गरेकाले उनीहरु आपतमा परेका हुन् । प्रहरीका अनुसार उनीहरूलाई सो रकम चोरी गरेको र चोरीको सामग्री लिएको अभियोग लगाइएको छ । सोही अभियोगमा सोमबार उनीहरूलाई स्थानीय अदालतमा उपस्थित गराइएको थियो र अदालतको आदेशपछि धरौटीमा छुटेका छन् ।

    सो रकम त्रुटि भएर उनीहरुको खातामा पुगेको पत्ता लागेपछि बैंकले सम्पर्क गर्दा टिफनीले आफूसँग पैसा बाँकी नभएको र सबै खर्च भइसकेको बताएकी थिइन् । उनका श्रीमान पनि बैंकमा उपस्थित हुन गएनन् । जुन २० मा नै त्रुटि पत्ता लागे पनि त्यति बेलासम्म खाताबाट अधिकांश रकम निकालिसकिएको थियो । अदालतमा मुद्दा खेपिरहेका यी दम्पतीले अब जसरी पनि उक्त रकम फिर्ता गर्नुपर्ने भएकाे छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…