•  

    काठमाडौँ –नेपाली काँग्रेसले नेपालजञ्जमा बिहीबार भएको आक्रमणका विरुद्ध सांकेतिक विरोध गर्ने भएको छ ।

    पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै घटनाको विरोध गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी दिए ।

    ‘नेपालगञ्जमा भएको आक्रमणको घटनालाई लिएर काठमाडौ, ललितपुर र भक्तपुरका जिल्ला सभापतिले सिङ्गो काँग्रेसको तर्फबाट गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने शनिबारै माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ’ पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यो घट्नाले राजनीतिक प्रवृति देखिएको छ ।’

    शुक्रबार मात्रै बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा भएको कार्यक्रममा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप भएको थियो । झडपमा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँचिएको छ भने अन्य केही घाइते भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…