• दाङ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँके घटनाका दोषीलाई कारबाही नभए संसद चल्न नदिने चेतवानी दिए। नेपाली कांग्रेस दाङले शुक्रबार दाङको घोराहीमा बिपी कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै सभापति देउवाले जागरण अभियानका क्रममा बिहीबार बाँके सभापति किरण कोइरालासहित आफ्ना दर्जनौँ कार्यकर्ता घाइते भएको भन्दै तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे। प्रतिपक्ष दलको नेता समेत रहेका देउवाले शान्तिपूर्ण रुपमा कार्यक्रम गर्ने अधिकार भएको भन्दै उक्त घटनाको निन्दा गर्दै कुनै पनि हालतमा दोषीलाई कारबाही गर्न माग गरे।

    शान्तिपूर्ण कार्यक्रममा भएको आक्रमणले लोकतन्त्रको धज्जी उडाएको उनले आरोप लगाए। त्यसैगरी सभापति देउवाले पार्टीलाई भावनात्मक रुपमै एक ढिक्का बनाउने गरी जागरण अभियानलाई सदुपयोग गर्न कार्यकर्तालाई निर्देशन दिए। सरकारलाई खबरदारी र पार्टीभित्र आन्तरिक तथा बाह्यरुपमा एकता भएर अघि बढ्न उनले निर्देशन दिए। कार्यक्रममा केन्द्रीय सदस्य दिपक गिरी, किशोरसिंह राठौर, शिला खड्का लगायतका नेताहरुले पार्टी भित्रको गुट उपगुटको संस्कारलाई त्याग्न सुझाव दिएका थिए। अरुको कारणले भन्दा पनि आफ्नै कारणले गर्दा कांग्रेस कमजोर हुन गएको भन्दै नेताबाटै सुधारको आवश्यक रहेको बताएका छन्। सभापतिले शनिबार तुलसीपुरमा विपीको शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…