•  

    काठमाडौं, भदौ २८ गते । परम्परागत रुपमा मनाईने इन्द्रजात्रा आज विधिवत् रुपमा मनाइएको छ । विशेष रुपमा वसन्तपुरलाई केन्द्र बनाउँदै मनाइने यस जात्रामा राष्ट्रपति विद्या भण्डारीले अवलोकन गर्नुभयो । उहाँलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वागत गर्नुभएको थियो ।

    इन्द्रजात्रा पर्वमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालगायत गद्दी बैठकमा सरिक हुनुभएको थियो ।

    इन्द्रजात्रामा पहिलोपटक चीनलगायत पाँच देशका पाहुनाहरुले ऐतिहासिक जात्रालाई अभिरुचीपूर्वक हेर्नुभएको थियो । चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, । भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंह, भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जीलगायत जात्रामा सहभागी हुनुभएको थियो । 

    हनुमानढोका दरवार क्षेत्रबाट शुरु भएको अवलोकन पदयात्रा झोछेँ टोल, नःबही, मञ्जुश्री महाविहार, थानबहाः, भिमसेन मन्दिर, काष्ठमण्डप, माजु देगः, मरु देगः, मरुहिटी, यट्खा बहाः, इतुम्बहाः, जनबहाः हुँदै आकाश भैरव र स्वेत भैरवपछि टुंगिएको थियो ।

    राष्ट्रपति भण्डारीले विदेशी पाहुना र विभिन्न देशका राजदुतहरुसँगै गद्दी बैठकमा बसेर जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेर्नुको साथै दर्शन गर्नुभयो ।

    यःसिं अर्थात् इन्द्र रोथारोहणपछि आठदिनसम्म मनाइने इन्द्रजात्रा अवधिभर देशअवतार, सक्कु भक्कु, महाकाली, देवराज इन्द्र, लाखे भ्यांलिचाः, पुलुकिसीलगायतका नृत्यहरु प्रदर्शन हुने परम्परा रहेको छ ।

    इन्द्रजात्रा विधिवत् रुपमा इन्द्र रोथारोहण गरेको आठदिनपछि आश्विन कृष्ण चौथीको दिनमा यःसींलाई ढलाउने चलन रहेको छ ।

    इन्द्रजात्रा काठमाडौं उपत्यकालगायत काभ्रे, दोलखा, मकवानपुर, धादिङलगायतका नेवार बाहुल्य जिल्लाहरुमा मनाइने परम्परा रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…