• मेष

    बोलीको मधुरताका कारण विपरीतलिंगीहरू आफूतिर आकर्षित भएको अवस्था छ । होस नपुर्‍याई निर्णय गर्दा स–साना कुरामा पनि आलोचित हुनुपर्नेछ, जसले मर्यादामा चोट पुग्न सक्छ । साताको अन्त्यमा नयाँ अवसर प्राप्त होला ।

    वृष

    साथीभाइको सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिनेछ । सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा बढाउनेछ । समकक्षी युवा–युवतीमाझ गुणस्तरीय परिचय दिने अवसर प्राप्त हुनेछ । मनोरञ्जन तथा भोजभतेरमा सहभागी हँुदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

    मिथुन

    साता मध्यम तवरले बित्नेछ । जटिल कार्यमार्फत प्रतिष्ठा प्राप्त हुनेछ । मझौला किसिमका लगानीबाट धन आर्जन गरिनेछ । नयाँ स्थानको भ्रमण गर्नाले खर्च वृद्धि हुने परिस्थितिमा आवश्यक खर्चको जोहो गर्नुपर्नेछ । मन पराउने साथीले दोहोरो कुरा गरी नैराश्यता उत्पन्न गराउन सक्छन् ।

    कर्कट

    आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तै लाभ लिन सकिनेछ । सिर्जनात्मक कार्यले जीवनसंगीसितको वैचारिक मतभिन्नता समाप्त गर्नेछ । विशिष्ट व्यक्तिहरूबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । घरायसी व्यवहारमा संलग्न नहुनु नै उपयुक्त हुन्छ ।

    सिंह

    हेलचेक्र्याइँ गर्दा भविष्यका अवसरहरू स्वत: समाप्त हुनेछन् । करियर बनाउन विदेशी मित्रको सुझाव अनुसरण गर्दा थप सहज हुनेछ । रातो रंग प्रयोगमा ल्याउन सके सफलताको नजिक पुग्न सहज होला । साताको अन्त्यमा खानपानको फेरबदलले स्वास्थ्यमा प्रतिकूलता निम्त्याउन सक्छ ।

    कन्या

    भविष्यका निम्ति जग बसाउने कार्यको शुभारम्भ हुनेछ । छोटो समयमा परिचित नयाँ मित्रहरूसँग भ्रमण गर्दा सचेत रहनुपर्नेछ । अधुरै रहेको लामो समयदेखिको मनोरञ्जन तथा विलासी चाहना पूर्ण हुनेछ । मान्यजनको सुझाव आत्मसात् गर्दा चुनौतीहरूबाट पार पाइनेछ ।

    तुला

    नसोचेको अवसर आइलाग्ने सम्भावना छ । नयाँ अवसरले थप मेहनतको अपेक्षा गरेको छ । उत्कृष्ट नतिजा प्राप्त हुँदा प्रेमी–प्रेमिका दंग पर्नेछन् । अभिभावकको सुझाव अनुसरण गर्दा शिखर छुन सकिनेछ । सप्ताहान्तमा अपांग तथा वृद्धवृद्धाहरूलाई सहयोग गरी पूण्य आर्जनमा समय खर्चनुपर्नेछ ।

    वृश्चिक

    रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ । साथी–संगीहरूसँग नगदको कारोबार गर्दा ध्यान पुर्‍याउनुपर्नेछ । मनोरञ्जनका क्रममा समयको ख्याल गर्नुहोला । सोतो रंगको प्रयोगले सहयोगी भूमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा मित्रता एवं प्रेमको गाँठो कसिलो हुनसक्छ ।

    धनु

    अप्ठ्यारो परिस्थितिसँग सम्झैता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ । ईष्या गर्नेहरूलाई पुरुषार्थ गरेर देखाउन सकिनेछ । दिगो फाइदा हुने कार्य वा नोकरी प्राप्त हुनेछ । मन मिल्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धन कसिलो हुनेछ । साताको अन्त्यमा पूर्वतर्फको यात्रामा आकस्मिक लाभ होला ।

    मकर

    रोजगारी हुनेहरूलाई स्थान परिर्वतनको संयोग पर्न सक्छ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ । बुधबारपछिका दिनमा प्रतिष्ठित मित्रहरूसँग भलाकुसारी गरिनेछ । भूमि तथा सवारी साधन जोरिने सम्भावना टरेको छैन ।

    कुम्भ

    पारिवारिक सुझाव मुताबिक व्यवसाय सञ्चालन गर्दा उचाइ प्राप्त गर्न लामो समय कुर्नुपर्ने छैन । आकर्षक पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ । यात्रा गर्दा स्वास्थ्यको ख्याल राख्नुहोला ।

    मीन

    साताको प्रारम्भमा केही दौडधूप गर्नुपरे पनि आफ्ना लागि विशेष अवसर जुटाउन सकिनेछ । खर्चको मात्रा बढे पनि धेरै आवश्कता पूरा हुनेछन् । विदेश भ्रमणको प्रयत्न सफल हुन सक्छ । नजिकका साथीभाइ टाढिए पनि नयाँ साथी फेला पर्नेछ । प्रतिस्पर्धाले प्रगतितर्फ उन्मुख गराउनेछ ।

    - रामप्रसाद सिटौला (फलित ज्योतिष)

    साप्ताहिक

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…