• काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने इन्द्रजात्राको कार्यक्रमस्थलबाट पूर्वडीआईजी र पूर्वमेजरसहित दुई दर्जन व्यक्ति पक्राउ परेका छन्।

    बसन्तपुरमा आयोजित इन्द्रजात्रा मुल समारोहस्थलबाटै प्रहरीले पूर्वडीआईजी विजयराज भट्ट र पूर्वमेजर केशव बस्नेतसहित दुई दर्जन बढीलाई नियन्त्रणमा लिएको हो।

    राष्ट्रपतिको सवारी हुने समयमा नाराबाजी गर्ने र कालो झन्डा प्रदर्शन गर्ने तयारी गरेको सूचना पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरी र सेनाको अवकाशपछि उनीहरु गणतन्त्र विरोधी अभियानमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार उनीहरुलाई पुलिस क्लबमा राखिएको छ। सबैमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…