• काठमाडौं : भदौ ८ गते रातको १० बज्दै थियो, सडकमा त्यति चाप थिएन। पुछाङ भोटे अफिसको काम सकेर तीनकुनेबाट बा३८प २३९३ नम्बरको बाइकमा बिस्तारै जोरपाटीतिर लागे। तर उनको यात्रा बीचमै टुंगियो। सडक कब्जा गरेर अन्धाधुन्ध हुइँकिएको टिपरको निर्मम सिकार बने उनी।

    तीनकुनेबाट गौशाला जाँदै गरेको बा३ख ४३१७ नम्बरको टिपरले सिनामंगलमा उनको मोटरसाइकललाई ठक्कर दियो। मोटरसाइकल कच्याककुचुक भयो, संखुवासभा भोटखोलाका पुछाङ पनि घटनास्थलबाट जिउँदो उठ्न सकेनन्। अन्य दुईवटा मोटरसाइकलमा सवार चार जनासमेत गम्भीर घाइते भए।

    ‘टिपरले मोटरसाइकललाई कुल्चिनेबित्तिकै सडकका अन्य सवारी अनियन्त्रित भए र अरू दुइटा मोटरसाइकल पनि त्यहाँ आएर ठोक्किए’, महानगरीय ट्राफिक प्रहरीका एसपी रविकुमार पौडेलले भने, ‘टिपर अग्लो हुने भएकाले पछिल्लोपटक ठोकिएका मोटरसाइकल पनि सजिलैसँग चक्काको भित्र परे।’

    मोटरसाइकलमा चढेका अर्का एकजना त टिपरको ठक्करबाट उछिट्टिएर सडकपारि टिनको बारबाहिरै पुगे। दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तजनले दोषीमाथि कारबाही माग गर्दै महानगरीय प्रहरी वृत्त गौशालामा नाराबाजी गरे। टिपर चालकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, चालकको लाइसेन्स खारेज हुनुपर्ने, निष्पक्ष अनुसन्धान हुनुपर्ने र उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग उनीहरूको छ। अन्नपुर्ण पोष्टबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…