• विराटनगर  । रानी ,इटहरी सडक आयोजना अन्तरगत विराटनगरको आयनिगम देखि ढाटसम्म विकल्प बिना सडक डिवाइडर राखिदा स्थानिय तथा पैदलयात्रीहरुले सास्ती ब्यहोर्न बाद्य भएका छन् ।
    विकल्प नदिइ राखिएको सडक डिवाइडरका विषयमा जनस्तरबाट ब्यापक गुनासो र आन्दोलनका कार्यक्रम समेत भएका छन् । ट्राफिक प्रहरीको बिशेष आग्रह र हचुवाका भरमा आयोजनाले गरेको निर्णयका कारण जनताले सास्ती पाएका हुन् । कञ्चनवारी चोक देखि आयलनिगम र राजबंशीचोकमा मात्र मार्ग खोलिनु र वाकि सवै ठाउँमा डिवाइडर राखिदा थप दुर्घटनाको जोखिम समेत बढेको छ । स्थानियहरुले डिवाइडर नाघेर बाटो काट्ने गर्दा दिनहौ दुर्घटना हुने गरेको छ । अन्य विकसित देशमा मूख्य हाइ वे मा डिवाइडर राखिएपनि नेपाल जस्तो हाइ वे मै शहर बसेको ठाउँमा यस्ताखाले नियम लगाइनु अब्यवहारिक हुने बुद्धिजिवि हरिलाल उपाध्याय बताउनु हुन्छ । हाइ वे को छेउमा कतै ब्यापारिक स्थान नहुदा या पूर्णरुपमा खालि जमिन रहदा मात्रै यस्ता नियम लागु गर्न सहज हुने उपाध्यायको धारणा छ । बिदेशको सिको गर्ने तर जनचाहना बिर्शने रोगका कारण जनता जहिले पनि पिडित भइरहनु परेको उनको कथन छ ।

    प्रदेश नं १ को राजधानी तर ट्राफिक जनशक्ति अभावको कारण देखाउदै जनतालाई सास्ती दिनेकाम कदापी मान्य नहुने स्थानियहरु बताउछन् । त्यसो त ट्राफिकले गर्ने काम पनि गर्न सकेको छैन । शहरी क्षेत्र शुरु भएपछि दुर्घटना न्यूनिकरणका लागि गाडिहरुको गति कम गर्ने,आयलनिगम हाइ वे सडकमा रहेका ट्यांकरहरु हटाउने ,ट्राफिक चिन्ह राख्ने ,चेकजाच गर्ने कुनैखाले काम समेत गर्न सकेको छैन । कसरी सहज हुन्छ र सडकमा खटिनुपर्देन भन्ने ध्याउन्नमा लागेकै कारण हाइ वे रोडडिवाइडरको पासो जनतालाई थापिएको छ । विकल्प नदिइ गरिएको कामको सर्बत्र आलोचना भइरहदा सम्बन्धित निकायका पदाधिकारी समेत मौन रहेका छन् । यस विषयमा स्थानियले जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,विराटनगर महानगरपालिका पदाधिकारीहरुलाई मौखिक जानकारी दिइसकेको बताएका छन् । स्थानिय मुरारी दाहालले चोकको अवस्था र गाउँको अबस्था हेरेर डिवाइडर राखिदा विवाद नआउने बताउनु हुन्छ । सवै ठाउँमा डिवाइडर खोल्नुपर्छ भन्ने पक्षमा आफुहरु समेत नरहेको तर अवस्था हेर्न अपिल गरिएको उहाँको भनाइ छ ।

    आयोजना अन्तरगतका सवै काम दुइ नम्बरी
    रानी ,इटहरी आयोजनाका अन्तरगतका सवै काम मापदण्ड विपरित भइरहेको छ । रोडडिभाइडर मापदण्ड विपरितका त छदै छन् यसको लागतको पाटो केलाउने हो भने भ्रष्टाचारको सिमा नाघेको छ । ढलका नालिहरुमा पनिङ गरिएको छैन । ढलको माथिल्लो भागमा जताततै प्वाल हुदा कयौ दुर्घटना भइसकेको छ । यस विषयमा सम्वन्धित निकाय मौन छ । कान्छाराम कट्रक्सन र टुन्डिरमण जुन बोहरा ग्रुपले गरिरहेको काम गुणस्तरहिन रहेको छ । बरगाच्छी देखि महेन्द्रचोक सम्मको बाटो हेर्ने हो भने सयौ ठाउँमा गुणस्तरहिनरुपमा गरिएका काम सुक्ष्मदर्शक यन्त्र नलगाइ हेर्न सकिन्छ ।

    आरोप प्रत्यारोप
    जनताले विराटनगर महानगरलाई सोधे हाइ वे ले गरेको भन्ने, हाइ वे ले महानगर,जिल्ला प्रशासन कार्यालयले भन्ने,जिल्ला प्रशासनले ट्राफिकले गरेको भन्ने जता अल्मल्याउने काम भएको स्थानियले बताएका छन् । ज जसले गरे पनि यसमा स्थानिय जनप्रतिनिधिले चासो लिनुपर्ने स्थानियको भनाइ रहेको छ । आरोप प्रत्यारोप गरेर जनता भुल्याउने काम नगर्न स्थानियले अपिल गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…