• बाहुण्डाँगी । विराटनगर जुनियर जेसीजको आयोजना तथा एसियन थाई फुड्सको प्रायोजनमा भएको १८ औँ अन्तरविद्यालय टेवलटेनिस प्रतियोगिताको उपाधी छात्रतर्फ बुढानिलकण्ठ स्कुल विराटनगरका यस जैन र छात्रातर्फ सगरमाथा स्कुलकी लक्ष्मी शाहले जितेका छन् ।
    शुक्रवार भएको फाइनल खेलमा जैन र शाहले १८ औँ संस्करणको उपाधी आफ्नो कब्जामा पार्न सफल भएका हुन् ।
    जितसँगै उनीहरुले जनही नगद २५ सय, मेडल, ट्रफी र प्रमाण पत्र पाए ।
    छात्रतर्फ डिएभी स्कुलका निहार अटल दोस्रो र बुढानिलकण्ठका अवन भट्टराई र सगरमाथा स्कुलका गौरङ राई तेस्रो भए । यसैगरी छात्रातर्फ सगरमाथा रुवी मेहेता, सगरमाथा स्कलकी बेदिग यादव र बुढानिलकण्ठकी नेहा ठाकुर तेस्रो भए ।
    देस्रो हुनेले नगद १५ सय र तेस्रो हुनेले नगद ५ सय, सहित मेडल, ट्रफी र प्रमाण पत्र पुरस्कार पाए ।
    यसैगरी जुनियर छात्रतर्फ बुढानिलकण्ठका विश्व बानियाँ प्रथम, डिएभी स्कुलका कृष शर्मा दोस्रो र युरो किड्स स्कुलका प्रतिकजङग बस्नेत तेस्रो भए । छात्रा जुनियरतर्फ नमुना स्कुलकी अञ्जली शाह प्रमथ, डिपिएस स्कुलकी चारवी अग्रवाल दोस्रो र सगरमाथा स्कलकी रोसिमा बुढाथोकी र एञ्जल पन्त तेस्रो भए ।
    प्रतियोगिताको टिम इभेन्टतर्फ उपाधीमा बसढानिलकण्ठ स्कुल प्रथम, दिल्ली पब्लिक दोस्रो र आदर्श स्कुल र एभ्रेष्ट स्कुल तेस्रो भएका थिए ।
    प्रथम हुने टिमलाई नगद ५ हजार १ सय प्रदान गरिएको छ ।
    छात्रतर्फको बेष्ट प्लेयरको उपाधी नमुना विद्या मन्दिरका रियान श्रेष्ठले जिते भने छात्रार्फ सनसाइन स्कुलकी करिष्मा खड्काले हात पारिन ।
    उत्कृष्ट अनुशासित विद्यालयमा सुन्दर हैरचामा रहेको सुविजुमा स्कुल प्रथम बन्यो ।
    विजेताहरुलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पुरस्कार प्रदान गरेका थिए ।
    प्रमुख अतिथिको रुपमा फाइनल समारोहलार्य सम्बोधन गर्दै मन्त्र िकार्कीले यस किसिमका खेलले राष्ट्रिय तथा अन्तारष्ट्रिय क्षेत्रका खेलाडीहरु उत्पादन हुने बताउँदै आफ्नो तर्फबाट आयोजक संस्थालाई खेलकुदको विकासलागि सक्दो सहयोग गर्ने बताउनु भयो ।
    यसैगरी मु्ख्य प्रायोजक एसियन थार्य फुड्सका प्रबन्धक महेश जाजुले यस किसिमका खेलले खेलाडीहरुको हौषला बढ्नुका साथै खेल जगतको विकास हुने भउकाले आफुले सधैँ खेलकुद क्षेत्रलाई सहयोग गर्ने बताउनु भयो ।
    आयोजक विराटनगर जुनियर जेसीजकी अध्यक्ष दिपा ओडारीको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष डाक्टर सन्देशदास श्रेष्ठ, राष्ट्रिय जुनियर जेसीजका संयोजक बादल दाहाल, विराटनगर जुनियर जेसीजका कोडिनेटर पंकज सापकोटा, विराटनगर जुनियर जेसीजका पूर्व अध्यक्षहरु, विराटनगर जेसीजका पूर्व अध्यक्षहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
    ३ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विराटनगरका २७ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…