• भाद्र २८, काठमाडौं । नेपाली कांग्रेसको मुख्य भातृसंगठन नेपाल तरुण दल केन्द्रिय समितिमा भाँडभैलो मच्चिएको छ । कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा तथा भातृ संगठनहरु कमजोर हुँदा थलिएको कांग्रेसलाई तरुण दल भित्रको लफडाले अझ कमजोर बनाएको छ ।

    आज सुरुमा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीले सिद्धान्त विपरित अनुशासनहिन कार्य गरेको भन्दै महासचिवलाई कुनैपनि पदमा नरहने गरी कारवाही गरेको विज्ञप्ति जारी गरे । त्यसको केहि क्षणमै महासचिब शाहीले अध्यक्षलाई नै १ वर्षसम्म कुनैपनि पदमा नरहने गरी कारवाही गरीएको ब्यहोराको विज्ञप्ति जारी गरे ।

    दुवैले एक अर्कालाई पार्टी र सिद्धान्त विपरित कार्य गरेको जिकिर गर्दै एक अर्कालाई कारवाही गरेको बताएतापनि दुवैविच आन्तरिक द्वन्द्वका कारण मतभेद बढेको बुझिएको छ ।

    महासचिब भुपेन्द्रजंग शाहीले अध्यक्षले तरुण दलले आयोजना गरेको कार्यक्रमलाई नै सहयोग नगरेको, भ्रष्टाचार विरुद्ध लक्षित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अन्तिम समयमा हठात रुपमा रोकेको, तरुण दलको ९५ सदस्यीय कार्य समितिलाई पूर्णता दिन पटकपटक आग्रह गरेपनि ४ जनाको मात्र सिमित राखेको, संघको विधिविधान विपरित आफुखुसी कार्य गरेको र बाढिपिडीतको नाममा संकलिन लाखौं रुपैयाँ भ्रष्टाचार र दुरुपयोग गरेको आरोप लगाएका छन् ।

    यता अध्यक्ष बस्नेतले महासचिबलाई पदीय मर्यादा, कांग्रेस र तरुण दलको सिद्धान्त विपरित कार्य गरेको आरोप लगाएका छन् । अध्यक्ष बस्नेतले महासचिबलाई कारवाही गरेको पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बोधार्थ पठाउँदा महासचिब शाहीले तरुण दल अध्यक्षलाई कारवाही गरेको पत्र पार्टी कार्यालयलाई बोधार्थ पठाएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…