• भाद्र २८, दाङ । मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । आज शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले पार्टीमा छलफल नै नभएको कुरामा कांग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मुर्खता सिवाय अरू केही नभएको बताए । केह दिन यता पार्टीका केहि नेताहरुले राजसंस्थाका पक्षमा वकालत गरिरहेको हल्ला प्रति लक्षित गर्दै देउवाले राजसंस्था आउन नसक्ने बताएका हुन् ।

    ‘पार्टीमा यो विषयमा छलफल नै भएको छैन । त्यसैले फेरि राजा फर्किने कुरै छैन । कांग्रेसले राजा फर्काउन लागेको छ भन्ने कुरा वाहियात हो,’ पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने । उनले गृहमन्त्री गृहमन्त्री रामबहादुर थापाका भाइलाई पक्राउ गरी अनुसन्धान गर्ने प्रहरीको पछिल्लो कार्यको प्रशंसा गरे । अपराध गर्दा प्रहरी डराउन नहुने उनले बताए ।

    ‘प्रहरी राष्ट्रको हो । जनताको हो । कुनै दलको होइन । प्रहरी राष्ट्र र जनताप्रति वफादार हुनुपर्छ,’ देउवाले भने । उनले जनताको करबाट तलब खाने हुँदा प्रहरी जनताको शान्ति सुरक्षामा लाग्नुपर्ने जिकिर गरे ।

    फरक प्रसंगमा उनले नेपाली कांग्रेसको जनजागरण अभियानको सफलता देखेर आत्तिएकाहरू कम्युनिष्टहरूले बाँकेमा काँग्रेसको कार्यक्रममा आक्रमण गरेर आफ्नो चरित्र उदांगो पारेको बताए । ‘अधिनायकवादी सोच भएका कम्युनिष्टहरू जागरण कार्यक्रममा जनताको आकर्षण देखेर आत्तिएका छन् । आफूहरूको भ्रष्टाचारको पोल खुल्ने डरले आत्तिएकै कारण आक्रमण गरेका छ्न्,’देउवाले भने । उनले दोषीलाई कारवाही नहुँदा सम्म कांग्रेस चुप लागेर नबस्ने जिकिर गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…