• उर्लाबारी—९ भोटेपुलमा निर्माण भएको पक्की पुलमा माटो पुरेर बाटो बनाउन आर्थिक अभाव भएपछि स्थानीय समाजसेवी सुन्दर श्रेष्ठले सहयोग गर्नुभएको छ । उहाँको आर्थिक सहयोगमा पक्की पूलमा बाटो मर्मत सम्भार भएको छ । यसअघि उहाँले पूल मुनि माटो पुरेर बाटो बनाईदिनुभएको थियो भने सो बाटो अझ मजबुद बनाउन गिटी बालुवा समेत लगाईदिनुभएको छ । जस कारण आवतजावतमा नित्मिएको समस्या पुर्ण रुपमा समाधान भएको पूल निर्माण समितीका सचिब मानबहादुर थापाले जानकारी दिनुभयो ।
    बजेट अभावमा रोकिएको काम श्रेष्ठको सहयोगमा सम्पन्न भएपछि स्थानीयले खुशी प्रकट गरेका छन् ।

    पक्की पुल निर्माण सम्पन्न भएपनि बाटो अभावले आवातजातमा सास्ती खेप्नु परेको देखेपछि आफुले सहयोग गरेको युवा समाजसेवी सुन्दर श्रेष्ठले बताउनुभयो ।
    ‘होलीको बिचमा पुल बन्यो तर खाल्डी पुर्ने रकम थिएन, महिनौं भयो आवतजावतमा पनि समस्या,अझ चाँडबाड पनि आयो, के गर्ने कसो गर्ने भईरहेको थियो, उपभोक्ता समितिका सचिव मानबहादुर थापा भन्नुहुन्छ, सुन्दरदाईको सहयोगले ग्राभेल सहित बाटो बनेको छ ।
    नगरपालिकाको काम पनि ठप्प,बजेट कतैबाट आउने सम्भावना थिएन, यो सहयोगले ठुलो राहत मिलेको अनुभूती स्थानीयले गरेका छन् ।
    समाजसेवी सुन्दर श्रेष्ठले समिति तथा स्थानीयले समस्या सुनाएपछि सहयोग गरेको बताउनुहुन्छ । स्टमेट अनुसार काम हुँदा पनि बजेट अभाव भएपछि पूलको यो हबिगत देख्दा साह्रै दुख लाग्यो, आवात जावत नै ठप्प रहेछ, श्रेष्ठले भन्नुभयो, आफ्नो गाउँको समस्यालाई आफ्नै समस्या सम्झेर सहयोग गरेको हुँ । सहयोग गर्न पाउँदा र काम एकदमै राम्रो भएकोमा खुशी लागेको श्रेष्ठ बताउनुहुन्छ ।
    निर्माण समितिका अध्यक्ष योवाहाङ लिम्बुले तत्कालका आवतजावतमा सहज भएको भन्दै खुशी प्रकट गर्नुभयो ।
    स्थानीय बुद्धिजिवी रुद्र सम्बाहाम्फे ,गजबहादुर मगर लगायतले श्रेष्ठको काम र सहयोग प्रति धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ । स्थानीय युवा तारा सापकोटा श्रेष्ठको कामप्रति सम्मान गर्दै भन्नुहुन्छ, दाईलाइ धन्यवाद, यो कामले दैनिक हजार जना भन्दा बढि मानिसको जिबन सरल बनेको छ ,आवातजावतमा ।यस काममा पछिल्लो पटक स्थानीय युवा याम सेम्बुले पनि जेसिवी लगाउन र गिटी बालुवा सहयोग गर्नुभएको छ ।
    .समाजसेवी सुन्दर श्रेष्ठको खेलकुद शैक्षिक तथा बिभिन्न समाजिक क्षेत्रमा उतुलनिय योगदान रहेको स्थानीय युवा कैलाश थापा मगर सुनाउनुहुन्छ । मगर भन्नुहुन्छ, सुन्दर दाई जस्तै सकारात्मक सोच भएका सहयोगी दाईहरु अझै भए गाउँको समृद्धि हेर्न धेरै समय पर्खनु पर्दैन् ।
    को हनु सुन्दर

    घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोरअवस्थामै काठमाण्डौ हानिनुभएको थियो ।
    खोपीडाँडामा जन्मेहुर्केर काठमाण्डौमा ठेक्कापट्टा र हाउजिङ्ग व्यवसाय गरिरहेका श्रेष्ठले गाउँको विकासका लागि लाखौं रुपैयाँ खर्चिनुभएको छ । सुरुमा काठमाण्डौ पुगेर उहाँले दैनिक ४० रुपैयाँ पारिश्रामीक लिएर ज्यालामजदुरी सुरु गर्नुभयो । निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा प्रगती हुँदै गयो ।
    सुरुमा परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जम्नेहुर्केका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा कष्टकर थियो । तीन दाजुभाईमध्ये कान्छा उनी पढाईमा असफल भएपछि एसएलसी दिएर काठमाण्डौ हानिनुभएको थियो ।
    ठेक्कापट्टा र हाउजिङ्ग व्यवसायबाट आयआर्जन गरेका श्रेष्ठ समाजसेवामा क्रियाशिल हुनुहुन्छ । गाउँको विकासमा उहाँको चिन्ता रहने गर्छ ।





    [caption id="attachment_17927" align="alignleft" width="750"] All-focus[/caption]

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…