• वीरगन्ज : वीरगन्ज महानगरपालिका -१० रानीघाटमा एक महिलामाथि उनकै परिवारका सदस्यले कुटपिट गरी घाइते बनाएका छन्।रानीघाटका गोबिन्द शाहकी श्रीमती रन्जु देवीले दाइजोको निहुँमा श्रीमान् गोविन्द र सासू जशोदा देवीले कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छिन्।उनले आफूलाई कुटपिट गर्नेमाथि कारबाहीको माग समेत गरेकी छिन्।

    घाइते रन्जु देवीको वीरगन्जकै नारायणी अस्पतालमा उपचार भइरहेको छ। बहिनी रन्जु देवीलाई कुटपिट गरी घाइते बनाएको खबर पाउना साथ रन्जुका दाजु रमेश साह बिहीबार बिहान बहिनीको घर पुगेका थिए।

    बहिनी रन्जु घरभित्रै अचेत अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लैजान खोज्दा ज्वाइँ गोविन्द र उनकी आमा जशोदाले अस्पताल लैजान दिन मानेन्, रमेशले भने, 'त्यसपछि मैले नजिकैको रानीघाट प्रहरी चौकीमा खबर गरेँ। प्रहरी आएपछि मात्र उनीहरुले बहिनीलाई अस्पताल लैजान दिए। '

    दाइजोमा मोटरसाइकल नल्याएको भन्दै बहिनी रन्जुलाई उनका श्रीमान् र सासूले पटक-पटक यातना दिँदै आएको रमेशले अन्नपूर्णपोष्टलाई बताए । कुटपिटबाट घाइते रन्जुले दाइजोमा मोटरसाइकल नल्याएकै निहुँमा आफूमाथि कुटपिट भएको बताइन् ।

    उनका श्रीमान् गोविन्द र सासू जशोदा देवीविरुद्ध रन्जुका दाजु रमेशले शुक्रबार अपरान्ह जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएका छन् । पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले भने पीडित पक्षबाट उजुरीको निवेदन आएकाले कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताए । अन्नपुर्ण पोष्टबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…