• धनकुटा । मिस तामाङ प्रदेश नं. १ को उपाधि धनकुटाको हिलेकी प्रजिता योञ्जन तामाङले जितेकी छन् ।
    हिलेमा शनिबार राती सम्पन्न मिस तामाङ प्रदेश नं. १ को फाइनल राउण्डमा १४ जना युवतीहरुलाई उछिन्दै १९ बर्षीया प्रजिताले उपाधि जितेकी हुन् ।नेपाल तामाङ घेदुङ संघ उर्लाबारी मोरङको आयोजना तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको सहआयोजनामा हिलेको खेलमैदानमा भएको ग्राण्ड फिनालेको अन्तिम पाँचमा पर्न सफल प्रजिताले मुख्य निर्णायकको प्रश्नोत्तरमा उत्कृष्ट हुँदै प्रदेशकै ताज पहिरिएकी हुन् । उनले व्यक्तिगत विधातर्फ पनि तीन वटा पुरस्कार सुरक्षित गरिन् ।

     

    मिस तामाङको उपाधिसँगै एक थान स्कुटी, नगद २५ हजार र विभिन्न शैक्षिक संस्थाको छात्रवृत्तिसँगै गिफ्ट ह्याम्पर पनि पाइन् । मिस तामाङको फस्ट रनरअपमा धरानकी सुष्मा तामाङ घोषित भइन् । उनले नगद १ लाखसहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर पाइन् । त्यस्तै, इलामकी मिना तामाङले सेकेण्ड रनरअप हुँदै नगद ५० हजारसहित आकर्ष गिफ्ट ह्याम्पर पाइन् । विजेताहरुलाई फिनालेको प्रमुख अतिथि पूर्व कानुन मन्त्री तथा सांसद शेरबहादुर तामाङ, सांसद नविना लामा, युवा व्यवसायी फुर्वा लामा, मनोज बुढाथोकी, रमेश चौधरी, तुल श्रेष्ठ, डा. रामबाबु गिरी, हेयर स्टाइलिस्ट निल डेविड कटुवाल, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, धनकुटा अध्यक्ष विष्णुबहादुर मोक्तानलगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…