• भदौ २९, २०७६ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँकेको खजुरामा आफ्ना कार्यकर्तामाथि भएको आक्रमणलाई लिएर संसदमा आपत्ति प्रकट गरेको छ।

    आइतवार बसेको प्रतिनिधि सभाको बैठकको सुरुमै बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीकी बाँके जिल्ला सभापति किरण कोइरालासहितमाथि भएको हातपातलाई लिएर कडा आपत्ति जनाएका हुन्।

    ‘भदौ २६ गते बाँकेको खजुरागाउँपालिका वडा नम्बर १ मा भइरहेको जागरण अभियानका क्रममा हाम्रा नेता कार्यकर्तामाथि सत्तारुढका कार्यकर्ताबाट आक्रमण भएको छ’, उनले भने, ‘हाम्रा जिल्ला सभापतिको हात नै भाँचिएको छ। अरिंगाल कस्ता हुन्छन् भनेको त बाँकेमा पो देखियो।’ नेता खाँणले बाँके घटनामा गृहमन्त्री मौन रहेको भन्दै आक्रोश पोखे ।

    ‘गृहमन्त्री किन मौन छन्? राजनीतिक पार्टीका भेलमा किन सत्तापक्षीय कार्यकर्ताले आक्रमण गर्छन्?’, उनले सोधे, ‘अहिलेसम्म प्रहरीले जाहेरी लिन पनि मानेको छैन। दोषीमाथि किन कारवाही हुँदैन? यसको गृहमन्त्रीले जवाफ दिनुपर्छ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…