• भाद्र २९, काठमाडौं । संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई माथि विमानभित्रै गाली गलौजमा उत्रिएका भ्रष्टाचार विरोधी अभियानका ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ ।

    नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै सोहि विषयलाई लिएर गरिएको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो ।

    शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए ।

    पत्रकार सम्मेलनमा पुगेको एक समूहले उनीमाथि प्रश्न गरेका थिए । प्रश्नमाथि प्रश्न गरेपछि शाहीका सहयोगीले रोक्न खोज्ने क्रममा हात हालाहाल भएको हो । प्रहरीले शाहीको पत्रकार सम्मेलनमा हुलहुज्जत भएपछि सुरक्षाका लागि उनलाई नियन्त्रणमा लिएर परिसर ललितपुर लगेको छ ।

    पत्रकार सम्मेलनमा झडपकोस्थिति बनेपछि शाहीलाई सुरक्षित रूपमा परिसर लगिएको परिसरका डीएसपी देवेन्द्र पाण्डेले बताए । ‘पत्रकार सम्मेलनमै झडपको स्थिति भएपछि उहाँ (ज्ञानेन्द्र शाही) कबो सुरक्षाका लागि परिसर लगेका हौँ’ उनले भने ।

    शाहीका समर्थकले उनलाइ प्रहरीले सुरक्षाका नाममा नभइ जवरजस्ती पक्राउ गरेर लगेकाे बताउँदै समर्थकलाइ ५ बजे माइतिघर मण्डलामा भेला हुन भनेका छन् । उनीहरूले राज्यले नै मान्छेहरू लगाएर शाही माथि हातपात गरेकाे, पत्रकार माथि हातपात गरेकाे भन्दै पर्यटनमन्त्री याेगेश भट्टराइले नै माफि माग्नुपर्ने माग गरेका छन् । शाहीका सहयाेगीले मन्त्री भट्टराइकाे नामै लिएर नेकपाका मान्छेहरूले हातपात गरेकाे दावि गरेका छन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…