• भदौ २९, २०७६ चितवन : टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएको २० दिन पुरा भएको छ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएपछि रवि, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई गत साउन ३० गते काठमाडांैबाट पक्राउ गरी चितवन ल्याएको थियो।

    उनीहरुमध्ये रविलाई ५ लाख, युवराजलाई ३ लाख धरौटी र अस्मितालाई सादा तारेखमा भदौ ९ गते सोमवार छाडिएको थियो। जिल्ला अदालत चितवनबाट म्याद थप गर्दै प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा भरतपुरमा रविका समर्थकहरुले दैनिकजसो नाराबाजी र प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच दर्जनौं पटक झडप भएको थियो। झडपमा दर्जनौँ सेल अश्रुग्यास प्रहार भए भने प्रहरी र प्रदर्शनकारीसहित घाइते पनि भए। रविसहितका तीनजनालाई अदालतले धरौटीमा रिहा गरेसँगै झडपमा पक्राउ ३६ जना बढी

    प्रदर्शनकारीलाई पनि प्रहरीले छाडिसकेको छ। रविलाई चितवन ल्याएको भोलीपल्टबाट अस्तव्यस्त भरतपुर रिहा भएपछि शान्त बन्यो। तर त्यसबेला आक्रोशित प्रदर्शनकारीको तोडफोड र अराजक गतिविधिका नमुना अझै पनि भरतपुर आसपासका क्षेत्रमा देख्न सकिन्छ।

    भरतपुरबाट पश्चिम चितवन जाने सडकको छेउमा सडक सुरक्षाका लागि गाडीएको सिमेन्टको खम्बा अहिले यत्रतत्र छरपस्ट देख्न सकिन्छ। चौबीसकोठीबाट सय मिटरको दुरीमा दर्जनौँ खम्बा कुनै छेउमा कुनै भित्तामा लडेका छन्। सडकको छेउमा लस्करै खम्बा प्रदर्शनकारीले बाटो अवरोध गर्न उखेलेर सडकमा तेर्साएका थिए। सडक सञ्चालनका क्रममा बाटो बीचमा लडेको खम्बा छेउ, भित्तामा पन्छााए पनि अहिलेसम्म कसैले गाड्ने चासो देखाएको छैन। छिनभरमा उखेलेका ती संरचना अब कस्ले गाड्ला ? यो प्रश्न उक्त यात्रुको मनमा आउने गरेको छ।

    भरतपुर महानगरपालिका–२२ का सुवाश शर्माले जिज्ञासासहितको प्रश्न गर्दै भने, ‘रविका समर्थकले उखेलेका खम्बा अब कस्ले गाड्ला?’ यस्तै माडीका निमेश चौधरीले पनि एकैछिनको आक्रोशले देखाएको नराम्रो परिणामबारे दुःख व्यक्त गरे। ‘जुनसुकै बहानामा जोसुकैले पनि यस्तो अराजकता कसैले गर्नुहुँदैन’, उनले भने, ‘लस्करै गाडिएका सडककमा नयाँ खम्बा उखेलेपछि अहिले दाँत झरेको मुख जस्तो थोते देखिन्छ। अब कस्ले गाड्ला ?’
    Read more at: https://thahakhabar.com/news/79468?fbclid=IwAR37hV0YvIr9apWJf_POSn2HP3ZnXyk2NFU8hRRWE9RvV4LQW7CqSWQwyQY

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…