• कानेपोखरी । स्थानीय समाज सेवी देवेन्द्र लुईटेले गत बर्ष झै यसपाली पनि आफ्नो गाउँको अति बिकटमा अबस्थित सरस्वती प्राथामीक विद्यालयका ५० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ । गत बर्ष पनि सोहि गाउँपालीकाको वडा नं। ७ मा अवस्थीत जनकल्याण मा।बि।आईतवारे का बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नु भएको थियो । लुईटेलले गत तिजको दरखुवाउने कार्यक्रमको दिन कानेपोखरीका बिभिन्न कुराले शारिरीक रुपले असक्त भएकाहरुलाई ह्युल चियर, बैशाखी, नेत्र बिहिनहरुका लागी छडी बितरण गर्नु भएको थियो । पछिल्लो समय समाज सेवामा अतिनै सकृय लुईटेल कानेपोखरी गाउ पालिकामा लोकप्रिय बन्दै गएको स्थानिय वासी बताउछन् । नेपाली कांग्रेसका सकृय कार्यकर्ता देवेन्द्र लुईटेल विगत २०६२ साल देखि नै बयरवनका दीन दुःखी, असहाय, गरिव, बिपन्न तथा सबै खाले संघ संस्था, कृतन टोली, फुटबल क्लव आदिलाई सहयोग गर्दै आउनु भएको स्थानियले बताउछन ।कार्यक्रममा वडा संयोजक नेत्र थापा, शोभा रिजाल, शिव पन्थि तथा बिद्यालयका प्रधानाध्यापक माधब तामाङ उपस्थितमा बितरण गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…