• रतुवामाई । रतुवामाई नगरपालिका मेयर रविन राईले १८ लाख रुपैयामा निर्माणधिन शौचालयलाई १ करोड रुपैयामा निर्माण गरेको भनी बाहिर आएको विषय सत्यता नभएको बताएका छन् ।
    मेयर राईले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी रतुवामाई नगरपालिका वार्ड नं.४ झुर्किया बजारमा निर्माणधिन ७ कोठे अपाड्डमैत्री शौचालय १८ लाख ३० हजार ५ सय ४४ रुपैयाको लागतमा ठेक्का भई निर्माण भईरहेको प्रष्ट पारेका छन् । उहाले कृषि उपज संकलन केन्द्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआरं)को आधारमा सिमा क्षेत्र विकास कार्यक्रम अनुसार संघिय सरकारको सर्शत अनुदानमा आएको रकम सहित नगरपालिकाको १० प्रतिशत सहयोगमा सार्वजनिक खरिद ऐन बमोजिम ठेक्कामा काम भईरहेको बताए ।

    मेयर राईले शौचालय साढे १८ लाख रुपैया, ५ सय ५९ मिटर पक्की नाला र स्ल्याप निर्माण कार्य ६२ लाख ३६ हजार ४ सय १८ रुपैया र सेफ्टी टंकी, सेनेटरी,इलेक्ट्रनिक्स सामान र निर्माणधिन स्थालको संरचना हटाउन गरी रु १३ लाख ३४ हजार ३८ रुपैयाको प्रविधिक लागत तयार गरी भ्याट बाहेक कुल ९४ लाख ५१ हजार रुपैयामा सार्वजनिक सुचना गरी ठेक्का दिएको बताए । साथै मेयर राईले रतुवामाईको विकास निर्माण प्रति आफु संवेदनशिल रहेको बताउदै गुणस्तरहिन काम कदापी हुन नदिने बताए ।

    उहाले झर्किया बजारको बृहत विकासका लागी झर्किया बजारको कृषि उपज संकलन केन्द्रको कुल साढे ६ करोडको डिपिआर तयार गरेर पहिलो चरणमा सो काम भइरहेको बताउदै संघिय सरकार बाट थप अनुदान प्राप्त गरी ३९ वटा कृषि उपज संकलन विक्री केन्द्र, ४ वटा ट्रस्ट, दृष्य अवलोकन भ्यु टावर र मन्दीर निर्माण गर्ने लक्ष्य अनुरुप काम भईरहेका बताए ।
    मेयर राईले नगरपालिका संग आधिकारीक रुपमा सुचना नलिई एक पक्षिय रुपमा गलत विवरण राखेर नियोजित रुपमा भ्रम फैलाउने गरी समाचार सम्प्रेण गरीएको गुनासो गुनासो समेत राखे ।

    उहाले असार भित्र संघिय सरकार बाट प्राप्त अनुदान रकम खर्च गरिसक्नु पर्नेभएकाले ठेकेदारले चाडो काम गर्दा अहिले देखिएको क्रुटि आएकाले काम सम्पन्न भई नसकेकाले गलत कार्यलाई सच्याउन नगरपालिकाले ठेकेदारलाई पत्र काटि सकेको जानकारी दिदै निर्माण सक्किएपछी पनि ६ महिना सम्म कुनै समस्या आए ठेकेदार बाटै गराइने प्रवाधान सहित ठेक्का लगाएको बताउनु भयो । हाल शौचालय, पक्की नाला स्ल्याप, सेफटी टंयाकी लगायतको निर्माण कार्य यलम्वर न्यु कन्ट्रक्सन रंगेलीले गरिरहेको छ ।

     

    पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ती जस्ताको तेस्तै ।

     

    यस पत्रकार सम्मेलनमा पाल्नुहुने पत्रकार मित्रहरु,
    रतुवामाई नगरपालिका वडा नं. ४ झुर्किया वजारमा निर्माणधिन कृषि उपज संकलन केन्द्र निर्माणका विषयमा विगत केहि दिन देखि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा उठेका सवालहरु तथा सो सम्वन्धमा जनमानसमा फैलाइएका भ्रमका सम्बन्धमा नगरपालिकाको धारणा र प्रष्टिकरणका लागि यो पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

    सिमा क्षेत्र विकास कार्यक्रमको नामवाट सञ्चालन हुदै आएको संघीय सरकारको कार्यक्रम गत आ.व.वाट तराई मधेश समृद्धि कार्यक्रमको नाममा संघीय सरकारवाट ससर्त अनुदानबाट प्राप्त भएको पत्र मिति २०७५\०८\२७ गते मेल मार्फत पठाईएकोमा सो पत्र पुसमा मात्र कार्यालयमा जानकारी भई सो कार्यक्रमका सन्दर्भमा रतुवामाई नगरपालिका वडा नं. ४ झुर्किया वजारमा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने विषयमा मिति २०७५\१०\०९ गते रतुवामाई नपा वडा नं. ४ को सम्बन्धित योजना स्थलमा छलफलको आयोजना गरि तराई मधेश समृद्धि कार्यक्रम सञ्चालन कार्यविधि २०७५ परिच्छेद २ दफा ७ ङ वमोजिम कार्य सञ्चालनका लािग सिवेन ईन्जिनियरिङ कन्सल्टेन्सी मार्फत डि.पि.आर तयार गरि सो प्रतिवेदनको सुझावका आधारमा प्रथम चरणमा ७ कोठे अपाङगमैत्री शौचालय र ५५९ मिटर नाला निर्माण गर्नका लागि सार्वजनिक खरिद ऐन, २०६३ को परिच्छेद ३ दफा १४ वामोजिम मिति २०७५ चैत्र ११ गते सौर्य दैनिकमा निर्माण कार्यको वोलपत्र आवहन सम्वन्धि सुचना प्रथम पटक प्रकाशित गरि सो सुचना वामोजिम १४ वटा फर्म तथा कम्पनीहरुले बोलपब फारम खरिद गरेकोमा, मिति २०७६ वैशाख ११ गते दिनको ठिक १२ वजे सम्म एलम्वर न्यु कन्स्ट्रक्सन रंगेली मोरङ, पहाडजंग निर्माण सेवा रतुवामाई ५ र जमुना कन्स्ट्रक्सन सोराभागले सिलवन्दी वोलपत्र पेश गरेकोमा नियमानुसार पेश भएका वोलपत्रहरुको यस नगरपालिकाको वोलपत्र मुल्याङकन समितिको छनौट सिफारिस अनुसार श्री ऐलम्वर न्यु कन्स्ट्रक्सन रंगेली मोरङसँग भ्याट सहितको रकम रु १,०६,८०,२६०.४० मा ठेक्का सम्झौता गरि निर्माण कार्य अगाडी वढाईएको जानकारी गराउन चाहन्छु ।

    तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत वजेट प्राप्त भएता पनि योजनाको प्राविधिक लगत स्टिमेट, ठेक्का प्रक्रिया,सम्झौता,अनुगमन र भुक्तानी लयायतको प्रक्रिया नगरपालिका सँगै हुने भएकोले उक्त योजना सञ्चालन गर्ने निकाय रतुवामाई नगरपालिका राखिएको कुरा प्रष्ट पार्न चाहन्छु ।
    योजना निर्माणको गुणस्तर सम्वन्धमा,
    प्राविधिको स्थलगत अनुगमनवाट नालाको स्ल्याव(ढकन) निर्माण सम्वन्धमा केही क्रुटि तथा कमि कमजोरी पाइए पश्चात सो कार्यलाई सुधार गरी गुणस्तरीय स्ल्याव(ढकन) निर्माण गर्नका लागि मिति २०७६÷०५÷०२ चं.नं. १६८ को पत्र मार्फत सम्न्धित ठेकेदारलाई जानकारी पत्र बुझाइएको र सो पश्चात गुणस्तर नपुगेका र फुटेका स्ल्याव(ढकन)हरु परिवर्तन गरि जडान गर्ने कार्यका लागि रतुवामाई नपा ४ नं. वडा कार्यालयको कम्पाउण्ड (परिसर) मा केही स्ल्याव(ढकन)हरु सुक्ने क्रममा र केही निर्माणाधिन रहेको व्यहोरा जानकारी गराउदछु ।

    सम्वन्धित योजनाको भुक्तानी सम्वन्धमा,

    योजनाको भौतिक प्रगति,प्राविधिक स्थलगत अनुगमन र मूल्याङकन समेतका आधारमा ठेक्का रकम रु १,०६,८०,२६०.४०।– मध्ये मिति २०७६÷०३÷०८ मा रु ४२,६०,४१८।– (मु.अ. कर समेत) प्रथम किस्ता र मिति २०७६÷०३÷२६ मा दोस्रो किस्ता वापत रु ३४,२२,८१५।– (मु.अ. कर समेत) समेत गरि जम्मा रु ७६,८३,२३३।–(मु.अ.कर समेत) निकासा भई तस्रो वार्षिक नगरसभावाट यस योजना सहित १३ वटा योजनाहरुको २०७६ मंसिर मसान्त सम्मको लागि म्याद थप भई योजना निर्माणाधिन अवस्थामा रहेको व्यहोरा जानकारी गराउन चाहन्छु । म्याद थप भएका योजनाहरुको विवरण यसैसाथ संलग्न गरेको छु ।

    रविन राई
    (नगर प्रमुख)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…