• पथरी । मोरङको पथरीशनिश्चरे नगर स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नौ १४ औं वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकारसहित १० जनालाई सम्माण गरेको छ ।

    पत्रकारिताको माध्यमबाट समाुदायिक वनलाई नेपालकै उत्कृष्ट बनाउन सहयोगि गरेको भन्दै अर्जुन जम्नेली राई र मोहन भट्टराईलाई सम्मान गरेको हो । कार्यक्रममा ट्रफी (खुकुरी) र सम्मान पत्रले सम्मान गरेको हो ।



    पत्रकार जम्नेली नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश १ को अध्यक्ष तथा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद हुन् । भट्टराई नेपाल पत्रकार मञ्चको अध्यक्ष हुन् ।
    हरियाली सामुदायिक वन नेपालको २२ हजार मध्ये आर्थिक बर्ष २०७५÷०७६ को वन मन्त्रालयबाट गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका थिए । हरियाली नेपालको प्रथम पुरस्कार पाउने प्रदेश १ कै पहिलो सामुदायिक वन हो ।



    सामुदायिक वनको गरिवी न्युनिकरण, विकाश लगायतको कार्यक्रममा महत्वपूर्ण भूमिका खेलेको भन्दै राई र भट्टराई सम्मानित भएका हुन् ।

    पत्रकारसँगै १०३ बर्षिय जेष्ठ उपभोक्ता मोहन ध्वज जवेगु, ८८ बर्षिय मायालक्ष्मी थुलुङ, पूर्व अध्यक्ष हरिलाल अधिकारी पनि सम्मानित भएका हुन् ।

    त्यसैगरी टोल प्रमुखहरु गजेन्द्र राई, पञ्चमाया राई, कृष्ण गेलाल, धनप्रसाद मगर, बसन्त मगरलाई समेत सम्मानित भएका हुन् ।



    निम्न वर्गीय उपभोक्ताहरु देउमाया लिम्बू, लक्ष्मी विश्वकर्मा, धनमाया गुरुङ लगायत ३० जनालाई खाट, नरबहादुर चौहान र रामकुमार राईलाई घर निर्माण गरेर उपहार प्रदान गरेका थिए ।

    सामुदायिक वनको अध्यक्ष काबुलबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख आतिथि पथरीशनिश्चरे नगरका प्रमुख दिलिपकुमार राई, डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघको १ नम्बर प्रदेश सचिव अग्नि पौडेल नगरको ७ नम्बर वडा अध्यक्ष कपिलमणी ढकाल लगायतेले शुभकामना मन्तव्य राखेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…