• काठमाडौं । रेडियो नेपालको सुदूरपश्चिम प्रदेश कार्यालय दिपायलमा कार्यरत तीनजना पत्रकारलाई कामबाट हटाईएको विषयमा पुनर्बहालीका लागि वार्ता गर्न नेपाल पत्रकार महासंघको नेतृत्वमा रेडियो नेपालको केन्द्रीय कार्यालय परिसरमा पुगेका नौ जना पत्रकारलाई नेपाल प्रहरीले पक्राउ गरेको घट्नाप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण जनाएको छ । युनियनका उपमहासचिव भीष्मराज ओझाले विज्ञप्ती जारी गर्दै घटनाको भर्त्सना गरेका हुन् ।

    सोमबार पत्रकारको टोली रेडियो नेपाल व्यवस्थापन पक्षसँग वार्ता गर्ने हेतुले रेडियो नेपालको कार्यालय पुगेका बेला प्रहरीले नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटी, युनियनका केन्द्रीय सदस्य दिलिप पौडेललगायत नौ जना पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

    यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, महासंघका केन्द्रीय सदस्यहरु जन्मदेव जैशी, मिन वम, यम विरही, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र वलायर, नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश वम र उपाध्यक्ष चक्र कुँवर पक्राउ परेका थिए । प्रकाउ गरिएका पत्रकारहरुलाई महेन्द्र पुलिस क्लवमा ३ घण्टा राखेर छोडिएको छ ।

    पत्रकारको पुनर्बहालीका लागि वार्ता तथा छलफलका लागि गएको पत्रकार नेतृत्व टोलीलाई नै प्रहरी लगाई पक्राउ गरिएको घट्ना प्रति प्रेस युनियन खेद प्रकट गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…