• देबु बानियाँ
    बाहुण्डाँगी । अत्तरिया जेसीजको आथित्यतामा असोज ३ र ४ गते  नेपाल जेसीजको क्षेत्र ‘घ’ को क्षेत्रीय सम्मेलन कैलालीको धनगढीमा हुँदैछ । शुक्रवार र शनिवार सञ्चालन हुने सम्मेलनमा सहभागि हुन क्षेत्र घ का ४८ वटा शाखाका ७ सय भन्दा बढी जेसीजकर्मीहरुको सहभागिता रहनेछ । सम्मेलनको सेरोफेरोमा रहेर नेपाल जेसीजका लागि यस क्षेत्रका निरुपित कार्यकारीणी राष्ट्रिय उपाध्यक्ष तथा सम्मेलन सभापति श्यामसुन्दर पौडेल मिलनसँग गरिएको कुराकानी प्रस्तुत छ ।

    १. सम्मेलन आउन धेरै दिन बाँकी छैन । तयारी कस्तो हुँदैछ ।
    – सम्मेलनको सबै तयारी पु्रा भइसकेको छ । गेट निर्माण, स्मारिका प्रकाशन, प्रमुख अतिथि, अतिथिहरुको निमन्त्रणा, होटल व्यवस्थापन, खानाको लागि आवश्यक सामाग्रीको तयारी, कार्यक्रम स्थलको हल व्यवस्थापनलगायतका कामहरुको सम्पन्न भएका छन् । हामीले प्रि रजिष्ट्रेशन गर्ने शाखाहरुका लागि होटलको व्यवस्थापन गरिसकेका छौँ । अब बाँकी रहनु भएका साथीहरुले रजिष्ट्रेशन गर्नु हुन्छ र होटलको आफै व्यवस्थापन गर्नु हुन्छ । हामी अब पूर्ण तयारीमा छौँ । मात्र ३ गतेको पखाईमा छौँ ।

    २. अत्तरिया जेसीजको आतिथ्यतामा हुने यो सम्मेलन सुरुमा त अत्तरियामा नै हुने भनिएको थियो । तर, पछि अचानक धनगढी पुर्याइयो त । कारण के होला ?
    –हो हामीले गत वर्ष दाङमा सम्मेलन गर्ने बिट गर्दै गर्दा अत्तरियामा नै गर्ने भनेका थियौँ । केही महिना अघिसम्म पनि अत्तरियामा नै गर्ने तयारी हुदै थियो । तर, अन्त्यमा धनगढीमा गर्ने तयारी गरिरहेका छौँ । यसको मुख्य कारण भनेको व्यवस्थित हलको अभाव अनि प्रयाप्त होटल । देशभरबाट करिब ८ सयको हाराहारीमा जेसीज मनहरुको सहभागिता हुन्छ । ति सबैका लागि अत्तरियामा बस्न सम्भव हुँदैन अनि धनगढी नै जानु पर्ने हुन्छ । यसैगरी अर्काे ठूलो समस्या भनेको कार्यक्रम गर्ने हल नै हो । हामीले टेन्ट लगाएर गर्ने भनेको थियौँ । तर, यो असोज लाग्ने बेलासम्ममा पनि पानी निरन्तर परेका कारणले कतै सम्मेलनमा नै असर पर्ने हो कि भन्ने लाग्यो । अनि आतिथ्यता शाखा र नेपाल जेसीजको सहमति अनुसार धनगढीमा गर्ने निर्णय गरेका हौँ । यसले सबै समस्याहरुको समाधान गरेको छ । धनगढीमा आयोजना हुँदै गर्दा एकै ठाउँमा बस्न र कार्यक्रम गर्न सहज हुन्छ र कोही पनि साथीले बाहिर जानु पर्ने बाध्यता हुँदैन ।

    ३. क्षेत्रीय सम्मेलनको मुख्य लक्ष्य तथा उदेश्य के हो ?
    यो सम्मेलन नेपाल जेसीजको महाधिवेशनको पूर्व तयारीका लागि हो । महाधिवेशनमा सहभागि हुनु भन्दा पहिले आफ्ना शाखामा भएका विभिन्न गतिविधिहरुलाई क्षेत्रीय स्तरमा छलफल गरी महाधिवेशनमा सहभागि हुने हो । यो एरियामा रहेका जेसीज संस्थाहरुको वार्षिक साधारणसभा हो । जसमा एक वर्ष भित्र संस्थाले गरेका गतिविधिहरुलाई प्रस्तुत गर्ने, आगामि दिनका योजनाहरु ल्याउने, नेपाल जेसीजका गतिविधिहरुलाई सार्वजनिक गर्ने हो । साथै एरियाभित्रका शाखाहरुको यथार्थ जानकारी समेत यस सम्मेलनमा हुनेछ । यसका साथै छिमेकी शाखाहरुबिचको सम्बन्धलाई समेत थप मजबत बनाउन सम्मेलनले सहयोग पुर्याउँछ ।

    ४. सम्मेलनलाई कुन रुपमा उत्कृष्ट बनाउँदै हुनुहुन्छ ?
    –सम्मेलनका लागि हामीले समय समयमा छलफल र विभिन्न योजनाका साथ काम गरेका छौँ । म सुदुर पूर्वको भए पनि सम्मेलनलाई उत्कृष्ट बनाउनका लागि विभिन्न समयमा थुप्र्रै पटक अत्तरिया पुगेको छु । त्यसमा पनि यो सम्मेलन नेपाल जेसीजका ४ वटा क्षेत्र मध्ये अन्तिम सम्मेलन हो । यस अघि ३ वटा सम्मेलन सफलतापूर्वक सम्पन्न भएका छन् । यस अघि भएका सम्मेलनका अनुभवहरुलाई पनि हामी यहाँ समावेश गर्नेछौँ । सानो भन्दा सानो कुराहरुलाई कमजोरी नहोस भन्ने उदेश्यका साथ आतिथ्यता शाखाका साथीहरु अहोरात्र लागि पर्नु भएको छ । २ महिनादेखि त दैनिक विभिन्न छलफल तथा बैठकहरुका माध्यमबाट सम्मेलनलाई सफल बनाउन लाग्नु भएको छ ।
    जेसीज सम्मेलनका लागि थिम सेमीनार मुख्य कार्यक्रम मानिन्छ । हामीले थिम सेमीनारमा पनि नेपालका उत्कृष्ट उप्रेरक वक्ताहरुलाई निमन्त्रणा गरेका छौँ । साथीहरुलाई बसाइमा असहज नहोस भनेर यस अघि नै धेरैलाई प्रि रजिष्ट्रेशन गराइका छौँ । जसले गर्दा उहाँहरुको होटलको व्यवस्थापन भइसकेको छ । उहाँहरु यहाँ आउँदै गर्दा होटलको नाम र कोठाा नम्बर अग्रिम पाउनु हुनेछ । सबैको साथ र सहयोग भएमा हामी यो सम्मेलनलाई उत्कृष्ट बनाउने छौँ ।

    ५. नेपाल भ्रमण वर्ष २०२० पनि आउँदै छ । यसका लागि नेपाल जेसीजले यो सम्मेलनबाट के लक्ष्य राखेको छ ?
    –अत्यन्तै राम्रो प्रश्न राख्नु भयो । यहाँलाई अवगत गराउँ कि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल नेपाल भ्रमण वर्ष २०२० का कार्यकारीणी सदस्य हुनुहुन्छ । त्यो हाम्रा लागि सौभाग्य पनि हो । जसले देशभर रहेका १५० वटै शाखा सदस्य भएको अनुभूति गर्नु भएको छ साथीहरुले । यसकारण यो सम्मेलनमा मात्र होइन । नेपाल भ्रमण वर्ष सफल पार्न संघ संस्थाहरुमा कसैले त्यति धेरै अभियान सञ्चालन गर्छ भने त्यो जेसीजले नै गर्छ । यो तपाइलाई गर्वका साथ भन्छु । किनकी २०१९ देखि नै देशका हरेक शाखाले यो अभियानलाई जोडेर कार्यक्रम गर्दै आउनु भएको छ । अनि त्यसमा पनि आउँदै गरेको सम्मेलनमा यसले त्यसै महत्व राख्नेछ ।
    सुन्दर सुदुर पश्चिम । पर्यटकीय क्षेत्रहरुले भरिएको मनमोहक स्थानमा हुँदै गरेको यो सम्मेलनमा सहभागि हुन आउने देशभरका जेसीज युवाहरुले यस क्षेत्रको प्रचा्र प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुनेछ । त्यसैले तपाईहरु सबैलाई सुन्दर सुदुर पश्चिममा सबैलाई स्वागत छ ।

    ६. यस सम्मेलनले शाखालाई के फाइदा पुग्छ ?
    –फाइदा नै सबैथोक होइन र एउटा शाखाको आफ्नो पहिचान पनि हो । जुन पहिचान यो सम्मेलनले दिन्छ । एरिया बि का ४८ वटा शाखाहरुको जमघट हुन्छ । साथै अन्य क्षेत्रबाट समेत जेसीजकर्मीहरुको सहभागिता हुनेछ । एक अर्का शाखाहरुसँगको सम्बन्ध थप सुदृढ हुन्छ । त्यसमा आफ्नो शाखाले गरेका राम्रा कुराहरुलाई प्रस्तुत गर्ने अवसर समेत मिल्छ । यसका साथै सम्मेलनमा शाखाका लागि केही आर्थिक स्रोत समेत आम्दानी हुनेछ ।
    ्र७. सम्मेलन गर्नका लागि कति खर्च हुने अनुमान गर्नु भएको छ ?
    — हामीले ४५ लाख रुपैयाँ अनुमान गरेका छौं ।

    . खर्च व्यवस्थापनका लागि आम्दानीको स्रोत के छ ?
    मुख्य स्रोत भनेको प्रतिनिधहरुको रजिष्ट्रेशन शुल्क हो भने बाँकी खर्च स्थानीय तहहरु, संघ–संस्था, उद्योगी–व्यवसायी र स्मारिकामा प्रकाशित विज्ञापन शुल्कबाट जुटाइने छ । साथै स्थानीय शुभचिन्तकहरुबाट सहयोग हुनेछ ।

    ९. यो सम्मेलनले के सन्देश प्रवाह गर्छ त ?
    — सबैलाई थाहा भएकै कुरा हो कि जेसीज भनेको एउटा शान्तिप्रिय सामाजिक संस्था हो । यसले सदैव शान्ति र विधिको शासनको वकालात गर्दै आएको छ । यो सम्मेलनले पनि राष्ट्रशान्ति र विश्वशान्तिकै सन्देश प्रवाह गर्ने हो । अर्को कुरा, विभिन्न क्रियाकलापमार्फत युवाहरुमा रहेको प्रतिभा प्रष्फुटन गराउने हो, नेतृत्व र क्षमता विकास गराउने हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…