• काठमाडौं । लुक्लाबाट काठमाडौं उडेका चारवटा हेलिकप्टरको काभ्रेमा आकस्मिक अवतरण गरिएको छ। पाँचखाल नगरपालिका २ जोरपाटीमा तीन र पाँचखालकै होक्सेमा एउटा हेलिकोप्टर आकस्मिक अवतर गरिएको प्रहरीले जनाएको छ।

    काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाले लुक्लाबाट ८ वटा हेलिकोप्टर उडेकोमा चारवटा खराब मौसमका कारण काभ्रेमा आकस्मिक अवतरण गरेको पुष्टि गरे। 'एउटा सिन्धुलीमा ल्यान्ड गरेको सूचना छ', उनले भने, '८ वटा हेलिकप्टर लुक्काबाट उडेका रहेछन्। खराब मौसमका कारण ल्यान्ड गर्नुपरेको सूचना पाएका छौँ।'

    हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्माका अनुसार सिम्रिक एअरका दुई तथा मानङ एअर, कैलाश एअर र अल्टिच्युड एअरका एक/एकवटा हेलिकप्टर काभ्रेमा अवतरण गरिएको हो। हेलिकप्टरमा विदेशी पर्यटकहरू छन्।

    काठमाडौंको भिजिबिलिटी कम भएका कारण हेलिकप्टरहरू ल्यान्ड गर्न नसक्ने भएकोले काभ्रेमा ल्यान्ड गारइको हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्मा कँडेलले जानकारी दिए।

    एअर डाइनास्टोकी एउटा हेलिकप्टर लुक्ला नजिकैको सुर्केनजिकै रहेको उनले बताए। मौसम खराब भएका कारण जुन हेलिकप्टर जहाँ छन्, त्यही रेस्ट गर्न भनिएको उनले बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…