• काठमाडौं । हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तरतर्फ रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर वर्षा हुने जनाएको छ ।

    काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा बिहानैदेखि मौसम बिग्रिएको छ ।

    महाशाखाले भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित रहेको र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको जनाएको छ ।

    हाल पूर्वी तराइ, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ । बाँकी भूभागमा आँशिकदेखि सामान्य बादलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले मंगलबार र बुधबार कोशी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, अरूण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैया लगायत मकबानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलबस्तु, दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने जनाएको छ ।

    महाशाखाले केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

    दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भूभागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

    त्यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

    देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने साथै मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने अनि नदीमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    बुधबारको दिन

    दिउँसो देशभर सामान्य बदली रही मध्य भूभागका धेरै स्थानमा र देशका बाँकी भूभागहका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

    राति देशभर पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ । पश्चिमका एक दुर्इ स्थानमा भारी वर्षाको सम्भावना छ ।

    बिहीबारको दिन

    दिउँसो देशभर सामान्यदेखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

    राति देशभर सामान्यदेखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…