• बिर्तामोड । झापाको बिर्तामोडबाट प्रहरीले बम बनाउने विप्लप समूहका मुख्य कार्यकर्ता पक्राउ गरेको छ । सोमबार बेलुका बिर्तामोड–४ स्थित विधुत प्राधिकरण पछाडि रहेको एक घरमा डेरा गरी बस्दै आएका मकवानपुर भीमफेदी गाउँपालिका–२ का अनुल सारु मगरलाई प्रदेश प्रहरीको सहयोगमा झापा प्रहरीले पक्राउ गरेको हो ।

    सूचना स्रोतका अनुसार मगर पूर्व क्षेत्रमा बम बनाउन खटिएका थिए । प्रहरीले सोमवार विहान पक्राउ गरेको जिल्ला सेक्रेटरी प्रविन मिश्र र जिल्ला सदस्य टिका पोखरेलसँगै मगर समेत बस्दै आएको अनुसन्धानबाट खुलेको छ । उनीहरुमध्ये मगर विप्लप समूहको पूर्व क्षेत्रमा बम बनाउने र प्राविधिकको रुपमा काम गर्दै आएका थिए । प्रहरीले बिहान सेक्रेटरी पक्राउ गरेपछि उनीहरुसँगै बस्ने मगर र ठाउँ मोवाइल ट्रेकिङ मार्फत पत्ता लगाएको थियो । सोहि क्रममा मगरको साथबाट प्रहरीले कटुवा पेस्तोल– २ थान, त्यसमा प्रयोग हुने ४ राउण्ड गोली, मोबाइल– ५ थान र पार्टीको दस्तावेज, पार्टी सदस्यता पत्र, विभिन्न चन्दा रसिद प्याडहरु बरामद गरेको छ ।

    झापा जिल्लाभर आतंकित बनाउने विप्लप समूहको मुख्य समूह पक्राउ गरेको झापा प्रहरीको दावी छ । सबै ठाउँमा भएको बम आतंक यहि समूहको परिचालनबाट भएको प्रहरीको भनाई छ । पछिल्लो पटक विप्लप समूहले सहारा नेपाल चारपाने र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने स्करपियोमा बम विस्फोट गराएको थिए ।

    बिर्तामोडमा डेरा गरी बस्दै आएका विप्लप समूहका झापा सेक्रेटरी मिश्र, जिल्ला सदस्य पोखरेल सडक विभागको ठेकेदार र मगरले जापानिज भाषा सिक्न बसेको भन्दै ढाँटेर बस्दै आएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…