•  

    काभ्रे, भदौ ३१ गते । मौसम खराव कारण काठमाडौं जान नसकेपछि सात वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण भएका छन । लुक्लाबाट काठमाडौ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । भने काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् ।

    अवतरण भएका सात वटै हेलिकप्टरका यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक (डीएपी) दीपक गिरीले लुक्लाबाट विदेशी पाहुना लिएर काठमाडौ आउँदै गरेका चारवटै हेलिकप्टरमा विदेशी पर्यटक रहेको बताउनुभयो । गिरीका अनुसार काभ्रेको पाँचखाल नगरपालिका वडा नम्वर २ जोरपाटीमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् भने पाँचखाल नगरपालिका २ कै हर्सेमा एक वटा हेलिकप्टर अवतरण गरेको छ ।

    अविरल परेको पानी र हुस्सुका कारण लुक्लाबाट उडेका हेलिकप्टर राजधानी जान नसकेका हुन् । मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका एक÷एक वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हुन् । चार चालक सहित विदेशी पर्यटक २१ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।
    त्यस्तै नेपालथोकमा अवतरण गरिएका सबै हेलिकप्टरमा पर्यटक रहेको प्रहरीले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…