• काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले ज्ञानेन्द्र शाहीमाथि सत्तारुढ दल युवा संघले लगाएको प्रतिबन्धको कडा प्रतिवाद गरेका छन् ।

    सोमबार सामाजिक सञ्जालमा उनले शाहीलाई कास्की प्रवेशमा रोक लगाएको युवा संघको विज्ञप्तीमाथि प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘कमरेड ! यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो । ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रापूर्वक हिंड्न पाउँछन् । आफ्नो विचार राख्न पाउँछन् । गल्ती गर्नेलाई विधिले बाँध्ने हो, निषेध गर्ने होईन । सरकारको गति र मति ठीक पार्नुहोस् । आफ्नो अरिंगाल प्रवृत्ति छोड्नुहोस् परिवर्तनविरोधी तत्व आफैं समाप्त हुन्छन् ।’

    गत शनिबार नेपालगञ्जबाट काठमाडौं आउनेक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण उडानमा एक घण्टा ढिलाई भएको भन्दै शाही लगायतका समूहले विमानभित्रै गाली गलौज गरेका थिए ।

    यो प्रकरणमा सोही दिन राति नै मन्त्री भट्टराईले सामाजिक संजालमा आफ्नो कारणले जहाज १५ मिनेट मात्रै ढिलो भएको स्टाटस लेखी माफीसमेत मागेका थिए ।

    घटनापछि नेकपाका भातृ संगठनका जिल्ला शाखाहरुले शाहीमाथि प्रतिवन्ध तथा आ आफ्ना जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…