• सन्तोष भट्टराई

    असहज परिस्थितिको भरपुर फाइदा उठाउदै केही दिन अगाडि रतुवामाई नगरक्षेत्रमा संचालित योजना तथा परियोजनामा व्यापक भ्रष्टाचार भएको भन्दै राष्ट्रिय तथा स्थानीय संचारमाध्यम हरुबाट भ्रामक समाचार प्रसारण तथा प्रकाशन भए । ती संचारमाध्यममा आएका समाचारमा रतुवामाईका नगर प्रमुख रबिन राईलाई परियोजनामा भएका अनियमितता , भ्रष्टाचार लगायतका सम्पूर्ण दोसहरु लगाइएको थियो । पुरै नियोजित र भ्रामक शैलीमा समाचारहरु संचारमाध्यममा प्रकाशन ,प्रसारण भएका प्रस्टै देखिन्थे । तिनै भ्रामक समाचार हरुमा आएका बिसयहरुको पेरिफेरीमा रहेर आयोजनाका सम्बन्धमा जनतामाझ यथार्थ र सत्य कुरा प्रवाहित गर्ने उदेश्यका साथ नगर परिसदका अन्य सदस्य हरुको उपस्थितिमा गत आईतबार नगरप्रमुखले पत्रकार सम्मेलनको आयोजना नै गरेका छन् ।

    [caption id="attachment_58352" align="alignleft" width="139"] लेखक सन्तोष भट्टराई[/caption]

    रतुवामाई नगरपालिका मेयर रविन राईले १८ लाख रुपैयामा निर्माणधिन शौचालयलाई १ करोड रुपैयामा निर्माण गरेको भनी बाहिर आएको समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

    रतुवामाई नगरपालिका वार्ड नं.४ झुर्किया बजारमा निर्माणधिन ७ कोठे अपाङ्गमैत्री शौचालय १८ लाख ३० हजार ५ सय ४४ रुपैयाको लागतमा ठेक्का भई निर्माण भईरहेको प्रष्ट पारेका छन् । उनलले कृषि उपज संकलन केन्द्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआरं)को आधारमा सिमा क्षेत्र विकास कार्यक्रम अनुसार संघिय सरकारको सर्शत अनुदानमा आएको रकम सहित नगरपालिकाको १० प्रतिशत सहयोगमा सार्वजनिक खरिद ऐन बमोजिम ठेक्कामा काम भईरहेको बताए ।

    शौचालय साढे १८ लाख रुपैया, ५ सय ५९ मिटर पक्की नाला र स्ल्याप निर्माण कार्य ६२ लाख ३६ हजार ४ सय १८ रुपैया र सेफ्टी टंकी, सेनेटरी,इलेक्ट्रनिक्स सामान र निर्माणधिन स्थलको संरचना हटाउन गरी रु १३ लाख ३४ हजार ३८ रुपैयाको प्रविधिक लागत तयार गरी कर बाहेक कुल ९४ लाख ५१ हजार रुपैयामा सार्वजनिक सुचना गरी ठेक्का दिएको बताए । साथै मेयर राईले रतुवामाईको विकास निर्माण प्रति आफु संवेदनशिल रहेको बताउदै गुणस्तरहिन काम कदापी हुन नदिने बताए ।

    उनलेले झुर्किया बजारको बृहत विकासका लागी झुर्किया बजारको कृषि उपज संकलन केन्द्रको कुल साढे ६ करोडको डिपिआर तयार गरेर पहिलो चरणमा सो काम भइरहेको बताउदै संघिय सरकार बाट थप अनुदान प्राप्त गरी ३९ वटा कृषि उपज संकलन विक्री केन्द्र, ४ वटा ट्रस्ट, दृष्य अवलोकन भ्यु टावर र मन्दीर निर्माण गर्ने लक्ष्य अनुरुप काम भईरहेका बताए ।

    मेयर राईले नगरपालिका संग आधिकारीक रुपमा सुचना नलिई एक पक्षिय रुपमा गलत विवरण राखेर नियोजित रुपमा भ्रम फैलाउने गरी समाचार सम्प्रेण गरीएको गुनासो समेत राखे ।
    यथार्थ भन्दा पर रहेर एक पक्षिय रुपमा मात्रै निरन्तर समाचार आउनु ,यसबाट के प्रस्ट हुन्छभने कुनै प्रायोजित गिरोहले नगरप्रमुख रबिन राईको चरित्र हत्या गरेर नगरमा उनलाई असफल बनाउने र आगामी स्थानीयतह तथा अन्य निर्वाचनका लागि अफुहरु योग्य रहेको प्रमाण पेसगर्ने मुख्य उदेश्यका साथ त्यसता प्रकारका भ्रामक समाचार हरु प्रकाश तथा प्रसारण गराइएको देखिन्छ ।

    कुनै सार्वजनिक स्थानमा विकासका योजना हरु संचालन हुनु एकदमै राम्रो कुराहो। योजनाहरु संचालन हुदैगर्दा त्यस योजनाका बारेमा सम्पूर्ण स्थानीय निकाय, नागरिक समाज,स्थानीय संघसंस्था , उपभोक्त समिति लागयत संग संमन्यन गरि बिस्तृत लागत लगायतका अन्य बिसयमा छलफल गरेर मात्र योजना अगाडि बढाइन्छ। योजना निर्माण कार्य जब संचालहुन्छ , त्यसको रेखदेख , गुणस्तरीयता , त्यसको उपयोगीता लगायतका सन्दर्भमा सबै नगरवासी जानकार हुन जरुरी छ। साथै निर्माण कार्यको पारदर्शितामा सबै सरोकारवाला चनाखो हुनुपर्छ ।
    नगरक्षेत्रमा हुने बिकास, निर्माण,आयोजना, परियोजनामा यदि कुनै अनियमितता , अपारदर्शीता, भ्रष्टाचार , गुणस्तर हिनता भएको खण्डमा त्यसता बिसयहरुको निराकरण स्थानीय स्तरमै हुनुपर्दछ।नगर भित्रका अनियमितता , भ्रष्टाचार लगायतका बिसयहरु अन्यत्र प्रचारबाजी गर्दा हाम्रो स्थानीय सरकार र हामी स्वयंम बेइज्जत हुन्छौं । तसर्थ नगरभित्र हुने बिसंगती लगायतका सबै बिसयहरुको निराकरण वार्ता ,छलफल ,सम्वाद र सहमति बाट टुङ्याउनु पर्छ ।

    लेखक भट्टराई सो नगरका सचेत युवा हुनुहुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…