• २०७६ भाद्र ३१ मंगलवार

    अर्जुन जम्नेली राई

    मोरङ/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य साबित्रीकुमार काफ्ले (समर)ले कम्युनिस्ट सरकारले मुलुकको मुहार फेरेरै छाड्ने बताएका छ्न ।

    मोरङको बेलबारी नगरपालिका ९ नम्बर वडा समितिमा चयन भएका कार्यकर्तालाई सोमबार सफत खुवाउने क्रममा नेता काफ्लेले सो कुरा बताएका हुन ।

    नेपालको तीनै तहमा कम्युनिस्ट सरकार छ । ४ जनाबाट २००६ सालमा स्थापित भएको पार्टीमा हाल ८ लाख कार्यकर्ता छ्न । अहिले जता फर्केपनी कम्युनिस्ट नै कम्युनिस्ट भएको नेता काफ्लेले बताए ।

    संघीयता नयाँ अभ्यास भएकोले नयाँ नीति कानुन र थिती बसाउन समय लागेपनी बिस्तारै मुलुकको मुहार फेरिने काफ्लेको भनाई थियो ।

    पार्टी प्रदेश नम्बर १ को सहइन्चार्ज समेत रहेका काफ्लेले कार्यकर्ताहरु आफ्नोभन्दा जनता र राष्ट्र को हितमा लाग्नुपर्ने बताए ।

    पार्टी एकता र कम्युनिस्ट सत्ताबाट तर्सियर केही दलका नेताहरु अतालिएको आरोप लगाउदै विस्वमा कमजोर हुँदै गएको कम्युनिस्ट नेपालमा भने झन बलियो भएर उदाहरणीय बन्दै गएको बताए ।

    नेपालमा सामन्तको अन्त्य गरेर अघि बढेको कम्युनिस्ट आन्दोलन जनताको जीवन स्तर उठाउन र भौतिक विकास निर्माण गरेर देशको मुहार फेर्ने बताए ।

    वडामा राजेश राई अध्यक्ष र लक्ष्मी चौधरी सचिव रहेको ३१ सदस्यीय समितिलाई केन्द्रीय सदस्य काफ्लेले सफत खुवाएका थिए ।

    कार्यक्रममा प्रदेश सभा सदस्य राजकुमार ओझा, पार्टी जिल्ला सदस्य तथा नगर अध्यक्ष पर्सुराम सुवेदी, सचिव रबिन थापा, तिलकप्रसाद राई, प्रकाश राई, नेपाल प्रेस संगठनको केन्द्रीय सदस्य अर्जुन राई लगायतकाको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…