• मोरङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा.) धनकुटा–मोरङ सेक्रेटरी दिपक राई पर्टी छाड्ने मनस्थितिमा रहेको बुझिएको छ ।
    करिव अढाइ महिनादेखि प्रहरी नियान्त्रणमा रहेका राई भाद्र २६ गते जिल्ला अदालतबाट रिहा भए लगतै पुःन पक्राउ परेका थिए । राईलाई असार ८ गते राति मोरङ केराबारी—३ स्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको थियो ।

    पहिला केराबारी इलाका प्रहरीबाट खरखजना र दोस्रो पटक वेलबारी प्रहरीले बम विष्फोट गराएको अभियोगमा मुद्धा चलाएपनि भाद्र २६ गते जिल्ला अदालतले छाडेका थिए ।

    जिल्ला अदालतबाट रिहाइपछि केराबारी घर पुगेका दिपक राईलाई सोही रात फेरि पक्रेर इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ । सेक्रेटरी दिपकलाई तेस्रो पटक प्रहरीमाथि अभद्र व्यवहार गरेको मुद्धा चलेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मीराज अधिकारीले बताए ।

    तेस्रो पटक मुद्धा चलाइएका दिपकले मंगलबार पत्रकारसगको भेटमा अर्ध भूमिगत रुपमा रहेको पार्टी परित्याग गर्ने बताए । पछिल्लो समयमा पार्टीले लिएको नीति आफूलाई ठीक नलागेको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी परित्याग गर्ने मनसाय व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा पार्टी परित्याग गरेको घोषणापछि मूलधारको पार्टी राजनीति गर्ने मनसाय व्यक्त गरेका छन् ।

    सो विषयमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी अधिकारीले दिपक राईको कुरा एसपीहुदै जिल्ला प्रमुख अधिकारीसम्म पु¥याएको बताए । विप्लव विरुद्ध सरकारले कडा नीति लिएपछि पूर्व मन्त्री पदम राई(विकास), सभासद किरण राई लगायतले पार्टी परित्याग गरेर सरकारको नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरिसकेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…