चितवनमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले आज बिहान ५ः४० बजे भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १३ यात्रु घाइते भएका हुन् ।
उक्त बसमा २९ यात्रु सवार रहेका थिए । नेपालगञ्जको बसमा सवार यात्रु भने सकुशल रहेको ३ नं. प्रदेश ट्राफिक कार्यालय प्रमुख एसपी प्रकाश रानाभाटले न्यूजअभियान लाई बताए ।
घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।