• काभे्र, असोज १ गते । अविरल बर्षाका कारण पहिरो जाँदा काभे्रमा एक बालकको मृत्यु भएको छ । पाँचखाल नगरपालिका वडा न ४ फेदीमा पहिरोले टहरा पुरिदाँ जीतबहादुर लामाका ४ बर्षीय छोरा सजन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभे्रले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले बिहान ७.०० बजे टहरा माथिबाट आएको पहिरोले टहरा बगाउँदा मण्डनदेउपुर नगरपालिका वडा न ११ घर भएका हाल सोही स्थानमा बस्दै आएका बालकको मृत्यु भएको जानकारी दिनुभयो ।

    टहरामा पसल समेत रहेकाले अन्य भाग्न सफल भएपनि बालक भाग्न नसक्दा पहिरोले बगाएर मृत्यु भएको डीएसपी गिरीले बताउनुभयो । पहिरोले सँगै रहेको अर्काे टहरामा पनि सामान्य क्षति पुगेको छ ।
    लगातार परेको अविरल बर्षाले अरनीको राजमार्ग अबरुद्ध भएको डीएसपी गिरीले बताउनुभयो । अरनीको राजमार्ग अन्र्तगत जिरो किलोदेखि दोलालघाट सम्म धेरै ठाउँमा पहिरो गएका कारण राजमार्ग बन्द भएकोे उहाँले बताउनुभयो ।
    त्यस्तै काभ्रे जिल्लाको अधिकांश ग्रामीण सडकहरु अबिरल बर्षाका कारण ठप्प भएका छन् । जिल्लाको कोशिपारि र डाँडापारिको सडकको अवस्था कच्चि भएकाले धेरै ठाउँमा पहिरो गएका कारण आवत जावतका ठप्प भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…