संखुवासभा । धर्मदेविनगरपालिका–८ अक्करको भीरमा भएको जीप दुर्घटनाका बेपत्ताहरुको परिचान खुलेको छ । खाँदबारीबाट विरामी बोकेर धरानतर्फ जाँदै गरेको एउटा जीप गएराति गएराति साढे १० बजे धर्मदेवि नगरपालिका–८ अक्करको भीरबाट अरुण नदीमा को १ ज ३७४९ नम्बरकाे जीप खस्दा ६ जना बेपत्ता भएका थिए ।
बेपत्ता हुनेमा गाडी चालक खाँदबारी नगरपालिका–९ सन्तोष विक, खाँदबारी–९ का संगम श्रेष्ठ , सदिक्क्षा श्रेष्ठ ,२ महिनाका छोरा समिर श्रेष्ठ ,प्रमेश थापा मगर र खोटाङका खवरमान पिठ्ठाकोटे मगर भएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम लामाले बताए ।
खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खसेको थियो । बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको बताइएको छ ।