•  

    विराटनगर / चोरी घटनामा बृद्धि हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले प्रदेश १ को राजधानी विराटनगरमा ‘स्वीप अप्रेशन’ नाम दिएर अभियान सञ्चालन गरेको छ । साउन दोस्रो साता यता मात्रै विराटनगर महानगरपालिका भित्र साना तथा ठूला गरेर डेढ दर्जन चोरीका घटना भइसकेका छन् । विशेष गरेर रातको समयमा हुने चोरी नियन्त्रण गर्न प्रहरीलाई टाउको दुखाईको विषय बनेको थियो । चोरी नियन्त्रण गर्न विशेष अभियान चलाएपछि शंकास्पद चार सय ६२ जनामाथि ‘स्क्रिनिङ’ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

    आवश्यक सोधपुछ र अनुसन्धानका क्रममा चोरी गरेको पुष्टि भएपछि १० जनामाथि मुद्दा नै चलाइसकिएको र अन्य केही व्यक्तिलाई पक्राउ गर्ने योजना बनाइएको उनको भनाइ छ । ‘चोरीका घटना हुन थालेपछि त्यसका विरुद्ध प्रहरी सक्रियता बढाएर ‘स्वीप अप्रेशन’ चलाइएको छ,’ अधिकारीले भने, ‘निगरानी बढाउँदै शंकास्पद व्यक्तिहरुलाई धमाधम नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धान गर्न थालिएको छ ।’ अप्रेशन अन्तर्गत प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धान गर्ने तथा आवश्यक परे कानुनी कारबाही नै अघि बढाउने उनको भनाइ छ ।

    धेरै व्यक्तिलाई नियन्त्रणमा लिएर ‘स्क्रिनिङ’ गर्दै केहीमाथि मुद्दा चलाएपछि चोरीका घटना हुन छाडेको अधिकारीले बताए । विशेष ढंगबाट अनुसन्धान र कारबाही सुरु गरिएपछि विराटनगर भित्र एक साता यता चोरीका कुनै पनि घटना हुन नपाएको उनको उनको दाबी छ । प्रविधिको सहयोग र मुभमेन्टका हिसावले २४ घण्टा नै प्रहरी परिचालन गरेर चोरी नियन्त्रणको प्रयास भइरहेको एसपी अधिकारीले बताए । चोरी लगायतका घटना नियन्त्रण गरेर शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउँदै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने हिसावमा प्रहरी अघि बढेको उनको दाबी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…